कमल थापाको मुख्य एजेन्डा हिन्दु राष्ट्र



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय प्रजातन्त्र पार्टी छाडेर नयाँ पार्टी गठनको तयारीमा रहेका नेता कमल थापाले आफ्नो पार्टीको एजेन्डा हिन्दु राष्ट्र हुने बताएका छन् । नयाँ पार्टी गठनबारे छलफल गर्न प्रदेश १ आएका उनले शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीको मुख्य एजेन्डा हिन्दु राष्ट्र, सुशासन र समृद्धि हुने बताएका हुन् ।

‘अब मैले नयाँ ढंगबाट अघि बढ्नुपर्नेछ’, उनले भने,‘ फागुनको पहिलो हप्ताभित्रमा हिन्दु राष्ट्र, सुशासन र समृद्धिको एजेण्डासहितको नयाँ पार्टी गठन हुनेछ ।’

राजसंस्थालाई पार्टीको एजेण्डा बनाउने वा नबनाउने भन्ने विषयमा छलफल भइरहेको थापाले बताए । उनले अमेरिकी सहयोग परियोजना एमसीसी आफैंमा आपत्तिजनक नभएको भन्दै यसबारेमा उठेको आशङ्का र प्रश्नहरुको हल गर्नुपर्ने बताए । उनले आगामी निर्वाचनमा नेकपा एमालेसँग सहकार्य गरेर अघि बढ्ने सम्भावना रहेको पनि पत्रकारहरुसँग बताए ।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...