मधेसमा एमालेमा प्रवेशको लहर, माओवादी र एसलाई ठुलो झडका



हाम्रो इकोनोमि

 

 

जनता समाजवादी पार्टीका बारा जिल्लाका चर्चित नेता सुरेन्द्र ठाकुरसहित निर्वाचित जनप्रतिनिधिहरू नेकपा एमालेमा प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बालकोटस्थित निवासमै भेटेर जनप्रतिनिधिहरु सहित नेता ठाकुर एमाले प्रवेश गर्नुभएको हो ।

ठाकुरसँगै पचरौता नगरपालिका वडा नम्बर ५ बाट निर्वाचित वडाध्यक्ष लक्ष्मी यादवसहित १७ जना जसपाका नेता कार्यकर्ता एमालेमा प्रवेश गर्नुभएको छ । प्रवेश गर्नेमा वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसका पूर्वस्ववियू सभापति तथा कांग्रेस नेता जालान्धर सिंह पनि हुनुहुन्छ ।

अहिलेसम्म मधेस प्रदेशका धेरै प्रभावशाली व्यक्तिहरू एमाले प्रवेश गरेका छन । अध्यक्ष ओली फागुन दोस्रो साता पुनः मधेसमा पार्टी प्रवेश गराउने कार्यक्रम लिएर जाँदै हुनुहुन्छ । ठाकुरसहितका नेताहरुलाई अध्यक्ष ओलीले पार्टीमा स्वागत गर्दै मधेशमा पनि एमाले पहिलो शक्ति बन्ने अभियानमा रहेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...