मधेसमा एमालेमा प्रवेशको लहर, माओवादी र एसलाई ठुलो झडका



हाम्रो इकोनोमि

 

 

जनता समाजवादी पार्टीका बारा जिल्लाका चर्चित नेता सुरेन्द्र ठाकुरसहित निर्वाचित जनप्रतिनिधिहरू नेकपा एमालेमा प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बालकोटस्थित निवासमै भेटेर जनप्रतिनिधिहरु सहित नेता ठाकुर एमाले प्रवेश गर्नुभएको हो ।

ठाकुरसँगै पचरौता नगरपालिका वडा नम्बर ५ बाट निर्वाचित वडाध्यक्ष लक्ष्मी यादवसहित १७ जना जसपाका नेता कार्यकर्ता एमालेमा प्रवेश गर्नुभएको छ । प्रवेश गर्नेमा वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसका पूर्वस्ववियू सभापति तथा कांग्रेस नेता जालान्धर सिंह पनि हुनुहुन्छ ।

अहिलेसम्म मधेस प्रदेशका धेरै प्रभावशाली व्यक्तिहरू एमाले प्रवेश गरेका छन । अध्यक्ष ओली फागुन दोस्रो साता पुनः मधेसमा पार्टी प्रवेश गराउने कार्यक्रम लिएर जाँदै हुनुहुन्छ । ठाकुरसहितका नेताहरुलाई अध्यक्ष ओलीले पार्टीमा स्वागत गर्दै मधेशमा पनि एमाले पहिलो शक्ति बन्ने अभियानमा रहेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...