सभामुख सापकोटालाई काभ्रेमा कालो झण्डा



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुका नेता कार्यकर्ताले काभ्रेमा सभामुख अग्नि प्रसाद सापकोटालाई कालोझण्डा देखाएर लेखेटेका छन । उनीहरूले धुलिखेलस्थित बिपी राजमार्गमा सभामुख सापकोटालाई कालो झण्डा देखाएउँदै लखेटेका हुन ।

उनीहरूले एमसीसीको खारेजी, एमालेले कारबाही गरेका सांसदलाई पदमुक्त गर्न, अर्जुन लामा हत्याको फरार अपराधी भएको भन्दै सापकोटा माथि कारबाहीको माग गर्दै सामाजिक बहिष्कारको अभियान चलाउने बताए । काभ्रेको सारथी होटलमा आयोजना गरिएको सातै वटा प्रदेशका सभामुखसँगको अनुभव आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रममा सहभागी हुन जाँदै गर्दा सभामुख सापकोटालाई युवा विद्यार्थीले कालो झण्डा देखाएका हुन ।

विरोध पछि आन्दोलनकर्मी र सुरक्षाकार्मी बीच झडपसमेत भएको थियो । झडपमा नेकपा एमाले काभ्रेका युवा नेता विष्णु काभ्रेली, राष्ट्रिय युवा संघ नेपाल जिल्ला अध्यक्ष, सागर रायमाझी, अनेरास्ववियु जिल्ला ईन्चार्ज शालिकराम पराजुली, अनेरास्ववियु काभ्रेका सचिव मिलन गौतम र उपसचिव युवराज दाहाल घाईते भएका छन् । युवा विद्यार्थीले गरेको विरोधमा जिल्ला सुरक्षा समन्वय समितिले नेपाली सेनानै परिचालन गरेको थियो ।

कार्यक्रम पश्चातको कोण सभामा राष्ट्रिय युवा संघ काभ्रेका संयोजक सागर रायमाझी र विद्यार्थी नेता सालिकराम पराजुली सम्बोधन गरेका थिए । उनले अपराधिलाई नेताको व्यहार गर्न नसकिने भन्दै गाउँगाउँमा भण्डाफोर अभियान चलाउने चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...