नेपाल आयल निगमको कार्यकारी निर्देशकमा थानीको पल्लाभारी



हाम्रो इकोनोमि

 

 

नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा इन्जिनियर तथा नेपाल विद्युत् प्राधिकरणका पूर्व सञ्चालक उमेशप्रसाद थानी बन्ने पक्का भएका छन् । आयल निगमको कार्यकारी निर्देशकमा उमेशप्रसाद थानी नै बन्ने पक्कापक्की भएको स्रोतको दाबी छ । स्थायी घर सुर्खेत भएका उमेश थानी पूर्वऊर्जा मन्त्री जनार्दन शर्माको कार्यकाल अर्थात् २०७४ सालको शेरबहादुर देउवा सरकारका पालामा विद्युत् प्राधिकरणको सञ्चालक नियुक्त भएका थिए । उनले करिब २ वर्ष सञ्चालकको जिम्मेवारी सम्हालेर २०७६ कात्तिक ३ गते व्यक्तिगत कारण देखाई तत्कालीन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनसमक्ष राजीनामा दिएका थिए ।

प्राधिकरणका जटिल विषयमा निर्णय गर्नुपर्दा मन्त्री पुनले समेत थानीसँग आवश्यक सल्लाह तथा परामर्श लिने गरेको एक पूर्वसञ्चालक स्मरण गर्छन् । त्यतिबेला, नेकपा समर्थित सञ्चालकहरू रहेको प्राधिकरणमा थानीले एक्लै प्रतिपक्षको भूमिका समेत निर्वाह गरेका थिए ।

ट्रंक लाइन महसुल प्रकरण होस् वा चमेलिया जलविद्युत आयोजनाको भेरियसनका विषयमा उनी खरो रूपमा सञ्चालक समितिमा प्रस्तुत हुने गर्थे । मन्त्री पुन र कार्यकारी निर्देशक कुलमान घिसिङले सुरुमा ट्रंक लाइन महसुल मिनाहा दिने निर्णय गर्दा थानीकै पहलमा महसुल उठाउने निर्णय भएको प्राधिकरण अधिकारी बताउँछन् । प्राधिकरणमा थानीले प्रतिपक्षको भूमिका निर्वाह गरेकै कारण कतिपय विवादित विषयमा निर्णय लिन सञ्चालक समितिलाई सजिलो भएको त्यतिबेलाका सञ्चालकहरू स्वीकार्छन् ।

नेपाली काँग्रेसमा सभापति देउवा निकट मानिने थानीले केही वर्ष एभरेष्ट इन्जिनियरिङ क्याम्पसको प्रिन्सिपलको जिम्मेवारी समेत सम्हालेका थिए । उनी त्यसअघि नेपाल इन्जिनियरिङ एसोसियसनको महासचिव तथा इन्जिनियरिङ काउन्सिलको रजिष्ट्रार थिए । साथै, केही समय सडक बोर्ड नेपालको सञ्चालक समेत रहेका थिए । थानी हाल काँग्रेस निकट इन्जिनियरिङ संस्था सेन्टर फर डेमोक्र्याटिक इन्जिनियर्स नेपाल (सिडेन) का अध्यक्षको जिम्मेवारीमा छन् ।

इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकबाट जलस्रोतमा स्नातकोत्तर उनले समाजशास्त्रमा समेत स्नातकोत्तर उपाधी हासिल गरेका छन् । यस्तै, एलएलबी गरेर कानुन व्यवसायीको अनुमतिपत्र समेत लिएका थानी सार्वजनिक संस्थानको नेतृत्व हाँक्ने सक्षम व्यक्तिको रूपमा पनि चिनिन्छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...