जनार्दनलाई नै महासचिव बनाउने प्रचण्डको तयारी



हाम्रो इकोनोमि

 

 

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल यही माघ २८ र २९ गते बस्ने केन्द्रीय कमिटीको बैठकको लागि तयारीमा जुटेका छन् । अब बस्ने केन्द्रीय कमिटीले पदाधिकारी चयन गर्ने भनिएको छ । त्यसैले यो बैठक माओवादी केन्द्रको लागि महत्वपूर्ण छ। सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेको अवस्थामा माओवादी केन्द्रले मुलुकको समसामयिक विषयमा पनि छलफल गर्ने बताईएको छ।

यसको साथै, एमसीसीलाई अध्यक्ष प्रचण्डले लेखेको पत्रको कारण पनि पार्टीभित्र तरंग पैदा भएको छ । यो विषयमा पनि माओवादी केन्द्रको बैठकमा छलफल हुने बताईएको छ । उता, प्रचण्डले पदाधिकारी चयन गर्नेगरि आन्तरिक छलफल थालेका छन् ।

पदाधिकारी चयनमा सबैभन्दा पेचिलो बनेको विषय महासचिव भएकोले प्रचण्ड पहिले महासचिव कसलाई बनाउने भन्नेबारे आन्तरिक छलफलमा जुटेका छन् । महासचिवमा जनार्दन शर्मा र वर्षमान पुनले दाबी गरिरहेका छन् । पुन लामो समयपछि उपचार गराएर स्वदेश फर्किएका छन् । उनले काठमाडौं ओर्लनेबित्तिकै अध्यक्ष प्रचण्डलाई खुमलटारमा पुगेर भेटेका थिए । उनले आफ्नो सक्रियता बढाएका छन् । पुनलाई विमानस्थलमा स्वागत गर्न नारायणकाजी श्रेष्ठ आँफै पुगेका थिए।

चीनमा रहँदा उनले चिनियाँ पार्टीका नेताहरुसँग भेटेर महासचिवमा आफ्नो दाबेदारीको दबाब बढाएका थिए । पुनको स्वास्थ्यमा पूर्ण सुधार आएको भनिएपनि अझै उनी विगतझैं सक्रिय भएर पार्टी गतिविधिमा लाग्न समय लाग्ने बताईएको छ । प्रचण्डले भने पुनलाई पनि विश्वासमा लिएर यसपटक महासचिवमा शर्मालाई नै अघि बढाउने तयारी गरेका छन् । पुनलाई वरिष्ठ उपाध्यक्ष बनाउनेगरि प्रचण्डले तयारी थालेका छन् ।

पुनले यसमा चित्त बुझाउँछन् या बुझाउँदैनन् त्यो त हेर्न बाँकी छ । तर, अर्थमन्त्रीसमेत रहेका शर्माले पछिल्लो समय पार्टीमा बनाएको पकडका कारण प्रचण्ड उनलाई महासचिव बनाउन बाध्य हुने माओवादी केन्द्रका नेताहरुको दाबी छ ।हुन त महासचिवमा पम्फा भुषालले पनि दाबी गरेकी छिन् । माओवादी केन्द्र हालै सम्पन्न महाधिवेशनपछि बहुपदीय प्रणालीमा गएको छ ।

प्रतिक्रिया दिनुहोस
नबिल बैंकको केन्द्रीय कार्यालयमा नर्सिङ रुमको सुरुवात

    नबिल बैंक लिमिटेडले तीनधारास्थित केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात गरेको...

बागमतीका मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा छापा

    बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागले...

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुन: स्वीकृतिका लागि राष्ट्रपतिलाई पठाउने

  सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पुन: सिफारिस गरेको छ ।...

सरकारद्वारा ५२ मिलियन अमेरिकी डलर ऋण स्वीकार

    सरकारले विश्व बैंकबाट प्राप्त हुने ५२ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण...