गठबन्धन संकटमा, प्रचण्ड–माधब तनावमा



हाम्रो इकोनोमि

 

 

एमसीसीलाई प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले लेखेको पत्र बाहिरीएसंगै सत्ता गठबन्धन संकटमा परेको छ । एकातर्फ एमसीसी टेवुल गरे गठबन्धन छाड्ने माओवादीको चेतावनी र अर्कातर्फ नेकपा एकीकृत समाजवादीको चित्त दुखाईले यसमा अझ संकट थपेको हो । अप्राकृतिक गठबबन्धनको संज्ञा पाएको सत्ता गठबन्धन फुटको उत्कर्षमा पुगेको छ ।

एमसीसीलाई प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रकाअध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लेखेको पत्र सार्वजनिक भएपछि सत्ता घटकमा अविश्वास चुलिएको हो । सोहि कारण ७ महिनापछि एमाले अध्यक्ष केपी शर्मा ओली वालुवाटार पुग्नुभयो नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने वेवास्तामा परे । पत्र सार्वजनिक भएसंगै देउवा–प्रचण्ड–ओलीको वार्तामा ओलीकै माग बमोजिम नेपाललाई बोलाईएन । अर्थात नेकपा एकीकृत माजवादीलाई पार्टी नै नमान्ने ओलीको अडानलाई सत्ता घटककै नेता देउवा र प्रचण्डले मौनरुपमा स्वीकार गरे । आफू बाहेकको छलफल भएपछि नयाँ सत्ता समिकरण त हुने हैन भन्ने डर एकीकृत समाजवादीमा परेको छ ।

केपी ओलीको मेख मार्ने एउटै मात्र उद्देश्य बोकेर हिँडेका माधव नेपाललाई आफ्नो हाइट कतिसम्म रहेछ भन्ने मात्रै बालुवाटार बैठक बाटै थाहा भयो होला । जहिलेपनि प्रचण्ड बालुवाटार जाँदा नेपाल पनि सँगै जानुहुन्थ्यो । आफू मुख्य दलको शीर्ष नेताभित्रै पर्छु र त्यसमा पनि ओलीको भन्दा बढ्ता महत्त्व आफ्नै छ भन्ने नेपाललाई लाग्थ्यो । तर एमसीसी, स्थानीय चुनाव लगायतका अरू समसामयिक विषयमा हुने छलफलमा माधव नेपालको उपस्थिति आवश्यक छैन भन्ने देउवाले पनि बुझेर बोलाउनुनै भएन ।

अहिलेका सबै राजनीतिक घटनाक्रमहरू देउवा, ओली र प्रचण्डकै वरपर घुमिरहेका छन् । यो रिङ मा माधव नेपाल नसमेटिँदा पनि फरक पर्दैन । पछिल्लो पटक फेरिँदो घटनाक्रमबाट माधव नेपालले पनि यो कुरा छर्लङ्ग बुझेको हुनुपर्छ । माधव नेपाललाई नजिकबाट बुझेका सबैलाई थाहा छ, माधव नेपाल मान र पद भनेपछि हुरुक्कै हुने नेता हुनुहुन्छ । यसअघि दुई ठाउँबाट चुनाव हार्दासमेत सांसदबाट प्रधानमन्त्री बनेको र महाधिवेशनमा हार्दासमेत प्रचण्डकै हाराहारीको अध्यक्ष बन्न खोजेकोबाट त हरेक नागरिकले उनको पदप्रतिको आशक्तिलाई यसअघि नै बुझिसकेका हुन् ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...