कानुनलाई उल्लघंन गर्ने धृष्टता कादापी स्वीकार्य हुन्न : वरिष्ठ उपाध्यक्ष पोखरेल



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलले पत्रकारले तथ्यमा आधारित रहेर सत्य कुराको पहिचान गर्ने भूमिकामा सक्रिय हुनुपर्ने बताएका छन् ।

उनले काठमाडौँ प्रेस चौतारीको २४ औँ स्थापना दिवसको समारोहलाई सम्बोधन गर्दै राजनीतिक दलले निर्वाचनताका सार्वजनिक गर्ने चुनावी घोषणापत्रको कार्यान्वयन र प्रतिवद्धताबारेमा पत्रकारले कलम चलाउनुपर्ने बताए । उनले राजनीतिक दललाई जिम्मेवार बनाउने कार्यमा पत्रकारले भूमिका खेल्नुपर्ने बताए ।

नेता पोखरेलले देशको आर्थिक समृद्धि तथा राष्ट्रिय स्वाभिमानको मुद्दामा पत्रकारले दवावमुलक अभियान चलाउन आवश्यक रहेको बताए ।

मुलुक निर्वाचनको दिशामा उन्मुख भइसकेकाले त्यसका लागि सबैले सकारात्मक दवाव दिनुपर्ने उनको भनाइ थियो ।पोखरेलले निर्वाचन आयोगले निर्वाचनको मिति घोषणा गर्न आग्रह गर्दा पनि सरकारले घोषणा नगरेको बताए । सरकारले समयमा निर्वाचन मिति घोषणा नगरे एमालेले देशव्यापी शान्तिपूर्ण दवावको कार्यक्रम शुरु गर्ने उनले बताए । मुलुकलाई आर्थिक समृद्धितर्फ लैजान स्पष्ट योजनाका साथ अघि बढ्न सरकालाई सुझाव समेत नेता पोखरेलले दिएका छन् ।

‘श्रीमानले बनाएको सरकारका प्रधानमन्त्रीले संविधानमा किटानी गरिएको व्यवस्थालाई उल्लघंन गर्ने धृष्टता गर्दै छन् । कानुनलाई उल्लघंन गर्ने धृष्टता कादापी स्वीकार्य हुने छैन ।’ सरकार बेलैमा नसच्चिए एमालेले आन्दोलन गर्ने नेता पोखरेललेको भनाइ छ । त्यस्तै, स्थानीय निर्वाचन संविधानले तोकेकै समयमा हुनुपर्ने बताए ।

त्यस्तै, उनले सत्तारुढ पाँच दलीय गठबन्धन विचारको समानता नभएको झुण्ड भएको बताए । ‘यो सरकार र गठबन्धन मुलुकको बिकास र समृद्धिको बिरुद्धमा छ, संबिधानअनुसार गर्नुपर्ने सवै काम नगर्ने सुनियोजित षडयन्त्रमा छ,’ बरिष्ठ उपाध्यक्ष पोखरेलले भने । प्रेस चौतारी नेपाललाई स्पष्ट विचार र योजनाअनुसार अघि बढाउन उनले निर्देश गरे ।

एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले पत्रकारले धेरैको समाचार लेख्ने भएपनि पत्रकार स्वयम् समस्यामा पर्दा बोलिदिने कोही नहुँदा समस्या हुनेगरेको बताए । प्रेस चौतारी नेपाल व्यवसायिक पत्रकारको नेतृत्वकर्ता संगठन भएकाले यसको काम चुस्त र प्रभावकारी बनाउन उनले सुझाव दिए ।

संगठनका अध्यक्ष गणेश बस्नेतको सभापतित्वमा भएको कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष डा. महेन्द्र विष्ट, महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, प्रेस चौतारी नेपालका पूर्व अध्यक्ष गगन विष्ट, फोनिजका अध्यक्ष डण्ड गुरुङ, नेपाल प्रेस युनियनका कोषाध्यक्ष सरोज अधिकारीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...