प्रेस चौतारीको २४ औँ स्थापना दिवसमा पुरस्कार घोषणा, यी १२ जना पत्रकार पुरस्कृत



हाम्रो इकोनोमि

 

 

 

प्रेस चौतारी नेपालले आफ्नो २४ औँ स्थापना दिवसका अवसरमा पुरस्कार दिने घोषणा गरेको छ । गत पुष १२ र १३ मा लुम्बिनीमा सम्पन्न संगठनको केन्द्रीय समितिद्वारा पूर्ववरिष्ठ उपाध्यक्ष श्रीधर आचार्यको संयोजकत्वमा गठित पाँच सदस्यीय पुरस्कार सिफारिस समितिको सिफारिसअनुसार पुरस्कृत गर्ने निर्णय गरिएको हो ।

वि. सं. २०५५ मंसिर ७ गते वरिष्ठ पत्रकार विजय चालिसेको संयोजकत्वमा प्रेस चौतारी नेपाल गठन भएको थियो । चौतारीले जिल्ला प्रशासन कार्यालय काठमाडौँमा दर्ता गरी प्रमाणपत्र प्राप्त गरेको दिन २२ माघलाई स्थापना दिवसका रुपमा मनाउँदै आएको छ । पुरस्कार महाधिवेशनको उद्घाटन समारोहमा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबाट वितरण गरिने छ ।

को-को हुँदैछन् पुरस्कृत ?

वि. सं. २०७७
हृदयचन्द्रसिंह प्रधान पत्रकारिता पुरस्कार
राजेन्द्र अर्याल (पूर्व अध्यक्ष)

अग्निशिखा स्मृति पत्रकारिता पुरस्कार
कृष्णविनोद लम्साल (सुनसरी)

वीरेन्द्रकुमार साह क्रियाशील पत्रकारिता पुरस्कार
केपी गौतम (गोरखापत्र)

डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार
सागर पण्डित (सम्पादक, राजधानी दैनिक)

प्रेस चौतारी पद्मलक्ष्मी–सावित्री वस्नेत स्मृति पत्रकारिता पुरस्कार
अब्दुल्लाह मियाँ (काठमाडौं)

वि. सं. २०७८
हृदयचन्द्रसिंह प्रधान पत्रकारिता पुरस्कार
गगन विष्ट (पूर्व अध्यक्ष)

अग्निशिखा स्मृति पत्रकारिता पुरस्कार
झलक सुवेदी (लेखक तथा राजनीतिक विश्लेषक)

वीरेन्द्रकुमार साह क्रियाशील पत्रकारिता पुरस्कार
अनुप तिवारी (पर्सा)

डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार
हिरा परियार (रुकुम पश्चिम)

प्रेस चौतारी पद्मलक्ष्मी–सावित्री वस्नेत स्मृति पत्रकारिता पुरस्कार
शिवराज भट्ट (कैलाली)

चन्द्र न्यौपाने –शान्तिराम कार्की स्मृति पत्रकारिता पुरस्कार
शान्ति गुरुङ (कास्की)

प्रतिक्रिया दिनुहोस
अर्याल र जमरकट्टेललाई माछापुच्छ्रे बैंकमा नयाँ जिम्मेवारी

    माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो उच्च व्यवस्थापन टोलीलाई थप सुदृढ बनाउने उद्देश्यका...

एमाले बागमती सरकारका ६ मन्त्रीको राजीनामा

    बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका ६ मन्त्रीले सामुहिक राजीनामा दिएका...

च्याउ टिप्न गएका १४ महिला परिवारको सम्पर्कमा

    कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न गएका महिला अन्ततः परिवारको सम्पर्कमा...

च्याउ खोज्न गएका १४ जना महिला सम्पर्कविहीन

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ खोज्न गएका बेलडाँडी गाउँपालिकाका तीनजना महिलाको सकुशल...