बेहुली लिएर फर्किंदै गरेको जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु



हाम्रो इकोनोमि

 

 

प्युठानको गौमुख गाउँपालिकास्थित ओखरपाटामा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । बेहुली लिएर फर्किंदै गरेको ग१ज ५०९२ नम्बरको जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको डिएसपी सत्यनारायण थापाले जानकारी दिनुभयो । प्रहरीका अनुसार पाँच महिला र तीन पुरूष गरि आठ जनाको मृत्यु भएको हो।

मृतक र घाइतेको सनाखत भइसकेको छैन । जिप नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ फर्किंदै गर्दा शनिबार बिहान ३ बजे दुर्घटना भएको डिएसपी थापाले बताउनुभयो । सदरमुकामभन्दा टाढा भएकोले घटनाको सबै विवरण आइनसकेको उहाको भनाइ छ ।

घाइतेहरूलाई जिल्ला अस्पताल लिइएको डिएसपी थापाले बताउनुभयो। घाइतेमध्ये धेरैको अवस्था चिन्ताजनक रहेको जानकारी पाएको प्रहरीले जनाएको छ । घटनास्थल इलाका प्रहरी कार्यालय पुजा निवासीबाट पनि १५ किलोमिटर टाढा रहेको छ । जिप बेहुलाको घर नजिकै आउँदा दुर्घटना भएको हो । सांकेतिक तस्विर

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...