एमालेमै फर्किए ललितपुरका पुराना नेता रामकृष्ण हुमागाईं



हाम्रो इकोनोमि

 

 

ललितपुरका पुराना नेता रामकृष्ण हुमागाईं फेरि एमालेमा फर्किनुभएको छ । शुक्रबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा भेटघाटपछि उहाँ एमाले पार्टीमा फर्कन राजी हुनुभएको हो । एमाले ललितपुरका अध्यक्ष पुरुषोत्तम आचार्यले हुमागाईंसँग सघन वार्तापछि उहाँ एमालेमा फर्कन तयार भएको बताउनु भयो । ‘हामी उहाँलाई पार्टीकै महत्वपूर्ण जिम्मेवारी दिँदैछौं,’ अध्यक्ष आचार्यले भन्नुभयो ।

गत निर्वाचनमा प्रदेश सासंदको उम्मेदवारी दिने लगभग पक्का भएको अवस्थामाा उहाँले टिकट नपाउदा असन्तुष्ट बन्नुभएको थियो । तत्कालीन समयमा माओवादी केन्द्रसँग पार्टी एकता हुँदा उहाँले कुनै जिम्मेवारी नपाएपछि असन्तुष्ट हुँदै नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको थियो । कांग्रेसको जिल्ला अधिवेशनमा उहाँ आन्तरिक प्रतिश्पर्धा प्राथमिकतामा नपर्दा निराश हुनुभयो । केही समयअघि उहाँले सामाजिक सञ्जालमा लेख्दै पार्टीमा नरहेको घोषणा गर्नुभएको थियो ।

 

बालकोटमा राति अवेरसम्म भएको छलफलमा संघीय सासंद नवराज सिलवाल, जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्य, केन्द्रीय सदस्य हरिकृष्ण व्यञ्जनकार, स्थायी कमिटी सदस्य सुशीला नेपाललगायतका नेताहरु सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...