‘स्मार्ट-लकडाउन’ हट्ने संकेत



हाम्रो इकोनोमि

 

 

सरकारले फागुन १ गतेदेखि स्मार्ट लकडाउन हटाउने भएको छ । कोभिडको तेस्रो लहर सुरु हुनेबित्तिकै सरकारले देशव्यापी रुपमा स्मार्ट लकडाउन लगाएको थियो । सरकारले निजी सवारीसाधनमा अहिलेपनि जोर/विजोर प्रणाली लागु गरेको छ । विभिन्न सभा, गोष्ठीमा २५ जनाभन्दा बढि भेला हुन बन्देज लगाएको छ ।

रात्रिकालिन व्यवसायीहरुले त सरकारका प्रतिनिधिहरुलाई भेटेरै स्मार्ट लकडाउन हटाउन विलौना गरेका थिए । सिसिएमसीका सदस्यसमेत रहेका राज्यमन्त्री उमेश श्रेष्ठले आगामी फागुन १ गतेदेखि स्मार्ट लकडाउन हटाउने तयारी भएको सुनाए । तर, कोरोनाको जोखिम कायमै रहेकोले आवश्यक मापदण्ड भने पालना गराएर सबै कुरा सुचारु गराउने उनको भनाई छ । पछिल्लो समय कोरोना संक्रमणको दर पनि घटिरहेको र निको हुनेको संख्या बढेकाले सरकारले यस्तो कदम चाल्न लागेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...