सरकारलाई ब्यूँझाउन बालुवाटार पुग्यो अनेरास्वबियु



हाम्रो इकोनोमि

 

 

नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले स्थानीय तहको निर्वाचन संवैधानिक व्यवस्थाअनुसार समयमै गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ। निर्वाचन आयोगले संवैधानिक व्यवस्थाअनुसार स्थानीय तहको निर्वाचनका लागि मिति तोक्न र आफूहरुलाई तयारीका लागि पर्याप्त समय दिन पटक–पटक भेट तथा विज्ञप्तिमार्फत आग्रह गरेको भए पनि सरकारले बेवास्ता गरिरहेको आरोप अनेरास्ववियुको छ। बिहीबार अनेरास्ववियुको केन्द्रीय नेतृत्वसहितको टोलीले प्रतीकात्मक रुपमा निर्वाचन आयोगको ध्यानाकर्षणमा आफूहरुको पनि समर्थन रहेको जनाउँदै प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र बुझाएको छ।

टोलीले निर्वाचन आयोग हुँदै प्रधानमन्त्री निवास बालुवाटार गएर ध्यानाकर्षणपत्र बालुवाटारका अधिकारीलाई बुझाएको हो। पत्रमा वर्तमान सरकार स्थानीय तहको निर्वाचन टाल्ने प्रयासमा रहेको आरोप लगाउँदै आउँदो जेठ ५ मा हालका पदाधिकारीको समयावधि सकिनुपूर्व नै चुनाव गर्ने गरी काम थाल्न आग्रह गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...