सरकारलाई ब्यूँझाउन बालुवाटार पुग्यो अनेरास्वबियु



हाम्रो इकोनोमि

 

 

नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले स्थानीय तहको निर्वाचन संवैधानिक व्यवस्थाअनुसार समयमै गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ। निर्वाचन आयोगले संवैधानिक व्यवस्थाअनुसार स्थानीय तहको निर्वाचनका लागि मिति तोक्न र आफूहरुलाई तयारीका लागि पर्याप्त समय दिन पटक–पटक भेट तथा विज्ञप्तिमार्फत आग्रह गरेको भए पनि सरकारले बेवास्ता गरिरहेको आरोप अनेरास्ववियुको छ। बिहीबार अनेरास्ववियुको केन्द्रीय नेतृत्वसहितको टोलीले प्रतीकात्मक रुपमा निर्वाचन आयोगको ध्यानाकर्षणमा आफूहरुको पनि समर्थन रहेको जनाउँदै प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र बुझाएको छ।

टोलीले निर्वाचन आयोग हुँदै प्रधानमन्त्री निवास बालुवाटार गएर ध्यानाकर्षणपत्र बालुवाटारका अधिकारीलाई बुझाएको हो। पत्रमा वर्तमान सरकार स्थानीय तहको निर्वाचन टाल्ने प्रयासमा रहेको आरोप लगाउँदै आउँदो जेठ ५ मा हालका पदाधिकारीको समयावधि सकिनुपूर्व नै चुनाव गर्ने गरी काम थाल्न आग्रह गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...