एमसीसीले सत्तासीनलाई बर्बराउने नै बनाएछ : बास्कोटा



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले)का पोलिटब्युरो सदस्य एवम् पूर्वमन्त्री गोकुल बास्कोटाले अमेरिकी सहयोग मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौताले सत्तारुढ दलहरूलाई बर्बराउने नै बनाएको बताएका छन् ।

गठबन्धनले सत्तामा पुग्नका लागि ‘चिम्टा बनाएको’ एमसीसी अहिले उनीहरूका लागि नै सनासो भएको टिप्पणी उनको छ । ‘एमसीसीको सन्नीपातले सत्तासीनलाई बर्बराउने नै बनाएछ,’ बास्कोटाको टिप्पणी छ, ‘सम्झौता गर्ने उनै हुन् बहुमत उनैसँग छ । सेप्टेम्बर ३ को कायनबाचा उनैले गर्या हुन् ।’

एमसीसी पारित गराउन चुनौती दिँदै उनले भनेका छन्, ‘द्विपक्षीय विषय बहुपक्षीय बनाउने महान कुटनीतिक सफलता उनैको हो । हिजो सजिलै सत्ताको लागि चिम्टा बनायौ, आज आफैलाई सनासो भो ।’ बास्कोटाले एमसीसीको भित्री रहस्य नेपाली जनतालाई थाहा भएको भन्दै सत्तागठबन्धनले रमिता देखाइरहेको समेत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...