जेठ ४ गते स्थनीय तहको निर्वाचन घोषणा गर्ने प्रधानमन्त्री देउवाको तयारी



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन जेठ ४ गते गर्ने गरी घोषणा गर्ने बताएका छन । नेपाली कांग्रेस बागमतीका सभापति इन्द्र बानियाँसहितको टोलीसँग सोमबार कुरा गर्दै कांग्रेस सभापति समेत रहेका देउवाले जेठ ४ मा निर्वाचन गर्ने गरी घोषणाको तयारी गरेको बताएका हुन ।

बानियाँका अनुसार प्रधानमन्त्री देउवाले केही दिनमै निर्वाचनको घोषणा हुने जानकारी दिएका छन । कांग्रेसभित्रैबाट अफ्ठेरो र एमालेको दबाबका कारण नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ६ महिनापछिमात्र निर्वाचन गर्न गरेको आग्रह देउवाले स्वीकार्न नसक्ने भएका छन । उनले एमालेको माग र संविधान कानुनको व्यवस्था अनुसार आफूले समयमै निर्वाचन गर्ने तयारी थालेका हुन ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...