माओवादीका चर्चित हस्तीहरु टीमसहित एमालेमा प्रवेश



हाम्रो इकोनोमि

 

 

उदयपुरको ताप्ली गाउँपालिकामा नेकपा माओवादी केन्द्रमा बिद्रोह भएको छ । पालिकाका चर्चित नेताहरु माओवादीबाट बिद्रोह गर्दै नेकपा एमालेमा प्रवेश गरेका हुन ।राष्ट्रिय युवा संघ नेपाल र अनेमसंघको पालिका स्तरीय कमिटी गठन कार्यक्रममा माओवादी परित्याग गरी नेता कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका हुन् । ताप्ली गाउँपालिका ४ बाट १७ जना र वडा २ बाट ३ जना गरी २० जना चर्चित नेता कार्यकर्ताले एमाले रोजेका हुन ।

माओवादी नेता कार्यकर्ताहरुलाई नेकपा एमालेका केन्द्रीय सदस्य तथा पार्टीका उदयपुर जिल्ला सहईन्चार्ज अम्बिका थापा, राष्ट्रिय युवा संघ नेपाल प्रदेश १ कमिटिका सहसचिव तुलसीराम चौलागाईं, राष्ट्रिय युवा संघ नेपाल, उदयपुरका जिल्ला अध्यक्ष बिमल भण्डारी, नेकपा एमाले कटारी नगरकमिटिका अध्यक्ष संजिव कार्की, अनेम संघका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज गिता रेग्मी, अनेम संघ जिल्ला अध्यक्ष महेश्वरी राई, सचिव गंगा राई लगायतले स्वागत गर्नुभएको थियो ।

नव प्रवेशीहरुले माओवादीबाट अव मुलुक र जनताले केही पाउन नसक्ने निश्कर्षमा पुगेर जनताको प्यारो पार्टीको रुपमा स्थापित नेकपा एमालेमा प्रवेश गरेको बताएका छन ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...