गठबन्धनमा नयाँ लफडा, देउवा ओलीको साथ खोज्दै



हाम्रो इकोनोमि

 

 

नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकी सहयोगसम्बन्धी एमसीसी पारित गरिछाड्ने पक्षमा उभिएका छन् । उनले सकभर यही गठबन्धनमा सहमति निकालेर एमसीसी पारित गर्ने नभए नेकपा एमालेसँग मिलेर जाने रणनीति बनाइसकेको बुझिएको छ ।

देउवाले गठबन्धनमा रहेका दलहरु नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई एमसीसीका पक्षमा आउन भनिसकेका छन् । एमसीसीका पक्षमा नआए विकल्पमा जाने स्पष्ट सन्देश देउवाले दिइसकेका छन् ।

आजै देउवाले बालुवाटारमा प्रचण्डसँग यसबारे कुराकानी गरे । कुराकानीका क्रममा प्रचण्डले गठबन्धन जोगाउनुपर्ने भन्दै एमसीसीका केही बुँदा संशोधन गरेर जान आफू तयार रहेको जवाफ दिएका थिए । बालुवाटारनिकट विश्वस्त स्रोतका अनुसार प्रचण्ड एमसीसीको विपक्षमा छैनन् तर केही बुँदा संशोधनमा जोड दिइरहेका छन् ।

देउवाले प्रचण्ड र माधवकुमार नेपाल एमसीसीमा सहमत नभए विकल्प तयार गरिसकेका छन् । उनले आफ्ना विश्वासपात्र समेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई बालकोट पठाए । कार्कीले नेकपा एमालेका अध्यक्ष माधवकुमार नेपालसँग एमसीसीबारे छलफल गरेका छन् । देउवाले ओलीसँग गठबन्धन गर्नसक्ने संकेत समेत गरिसकेका छन् । सकभर प्रचण्ड र माधव नेपालसँग मिलेर जाने पक्षमा देउवा रहेको बुझिएको छ । त्यस्तो सम्भावना टरेमा देउवा ओलीसँग मिलेर जाने तयारी भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस
घरायसी र अत्यावश्यक क्षेत्रमा मात्र ग्यास वितरण गर्ने तयारी

     पृथ्वी राजमार्गको कृष्णाभिर खण्डमा त्रिशूली नदीले सडक कटान गरेपछि काठमाडौं उपत्यका...

रसुवाको बाढीमा हालसम्म १ हजार ११४ मृत्यु, ३ हजार ९१६ जना सम्पर्कविहीन

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १...

देशका विभिन्न सडकको अवस्था यस्तो छ

    नेपाल प्रहरीले लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लाका सडक तथा राजमार्ग...

भोटेकोशी बाढी : २५ अर्ब ८७ करोडको बीमा दाबी

    गत बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको क्षतिको हालसम्म २५...