देउवाजी तपाई नेपालीको प्रधानमन्त्री कि विदेशीको : भीम रावल



हाम्रो इकोनोमि

 

 

 

नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपालको प्रधानमन्त्री कि विदेशीको भन्दै गम्भीर प्रश्न गर्नुभएको छ । अमेरिकी सहयोग एमसीसी अनुमोदन गर्नुहुँदैन भन्ने जनताको दवावलाई वेवास्ता गरेर विदेशीसामु घुँडा टेकेको भन्दै रावलले कडा प्रश्न तेस्र्याउनु भएको हो ।

एमसीसी पास नभए गठबन्धन भंग गर्ने प्रधानमन्त्रीको चेतावनी दिएको समाचार सार्वजनिक भएपछि एमाले नेता रावलले प्रधानमन्त्री देउवाले जनतालाई जवाफ दिनुपर्ने बताउनु भएको छ ।

‘प्रम देउवालाई एमसीसी सम्झौता अनुमोदन गर्नैपर्ने विदेशी दवाव आएकोले त्यो नगर्ने हो भने गठबन्धन सरकार नै भंग गरिदिने रे’ नेता रावलले भन्नुभएको छ, ‘एमसीसी चाहिन्न भन्ने स्वाधीन नेपाली जनमतको दवावलाई वेवास्ता गर्ने तर विदेशी दवाव सामु घुँडा टेक्ने देउवाजी नेपालीको प्रम कि विदेशीकोरु जनतालाई जवाफ दिनुहोस्।’

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...