एमसीसी पास गर्न प्रचण्ड-माधव तयार



हाम्रो इकोनोमि

 

 

आगामी निर्वाचनमा गठबन्धन गरी चुनाव लड्ने सर्तमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित गर्न सहमत भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास गर्न सहयोग नगरे गठबन्धन तोड्ने चेतावनी दिएलगत्तै दुवै दलका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले आगामी निर्वाचनमा गठबन्धन गरेर अघि बढ्ने भए एमसीसी पास गर्न आफूहरु तयार रहेको बचन दिनुभएको हो ।

शुक्रबार र शनिवार बालुवाटारमा भएको छलफलमा एमसीसी पास गर्न सहयोग गरेर निर्वाचनमा मिलेर जान आफू तयार रहेको देउवाले बताउनु भएको छ । आफूहरुले हिजो एमसीसीको चर्को विरोध गरेकोले त्यसलाई त्यसमा केही क्लज राखेर पास गर्नुपर्ने छलफलमा प्रचण्ड र नेपालको माग गर्नुभएको थियो । त्यसमा देउवाले उपाय निकाल्नुहोस भनेपछि शनिवार दुवै नेताले राष्ट्रिय हित प्रतिकुल नहुने गरी भन्ने पदावली थपेर संसदमा लैजाने सहमती भएको बालुवाटार स्रोतले जनाएको छ ।

बैठकमा सहभागी नेताहरुका अनुसार जनस्तरमा प्रचण्ड र नेपालको तिव्र विरोध हुने भएपछि त्यो पदावली राखिएपनि एमसीसीको मुल ड्राफ्टमा कुनै परिवर्तन गरिएको छैन ।शनिबारको बैठकमा सरकार सञ्चालन संयन्त्रका संयोजक रामचन्द्र पौडेल पनि सहभागी हुनुहुन्थ्यो । बैठकपछि पौडेलले एमसीसी पास गर्न प्रचण्ड र माधव नेपाल नकारात्मक नभएको प्रतिक्रिया दिनुभएको छ । एमसीसी पास गर्न कुरा पार्टीबाट निर्णय गराउन प्रचण्ड र नेपाललाई सहज छैन । देउवासँग आन्तरिक सहमती गरिसक्नु भएका माधव र प्रचण्डले आफ्नो पार्टीमा छलफल चलाउने हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...