एमसीसी पास गर्न प्रचण्ड-माधव तयार



हाम्रो इकोनोमि

 

 

आगामी निर्वाचनमा गठबन्धन गरी चुनाव लड्ने सर्तमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित गर्न सहमत भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास गर्न सहयोग नगरे गठबन्धन तोड्ने चेतावनी दिएलगत्तै दुवै दलका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले आगामी निर्वाचनमा गठबन्धन गरेर अघि बढ्ने भए एमसीसी पास गर्न आफूहरु तयार रहेको बचन दिनुभएको हो ।

शुक्रबार र शनिवार बालुवाटारमा भएको छलफलमा एमसीसी पास गर्न सहयोग गरेर निर्वाचनमा मिलेर जान आफू तयार रहेको देउवाले बताउनु भएको छ । आफूहरुले हिजो एमसीसीको चर्को विरोध गरेकोले त्यसलाई त्यसमा केही क्लज राखेर पास गर्नुपर्ने छलफलमा प्रचण्ड र नेपालको माग गर्नुभएको थियो । त्यसमा देउवाले उपाय निकाल्नुहोस भनेपछि शनिवार दुवै नेताले राष्ट्रिय हित प्रतिकुल नहुने गरी भन्ने पदावली थपेर संसदमा लैजाने सहमती भएको बालुवाटार स्रोतले जनाएको छ ।

बैठकमा सहभागी नेताहरुका अनुसार जनस्तरमा प्रचण्ड र नेपालको तिव्र विरोध हुने भएपछि त्यो पदावली राखिएपनि एमसीसीको मुल ड्राफ्टमा कुनै परिवर्तन गरिएको छैन ।शनिबारको बैठकमा सरकार सञ्चालन संयन्त्रका संयोजक रामचन्द्र पौडेल पनि सहभागी हुनुहुन्थ्यो । बैठकपछि पौडेलले एमसीसी पास गर्न प्रचण्ड र माधव नेपाल नकारात्मक नभएको प्रतिक्रिया दिनुभएको छ । एमसीसी पास गर्न कुरा पार्टीबाट निर्णय गराउन प्रचण्ड र नेपाललाई सहज छैन । देउवासँग आन्तरिक सहमती गरिसक्नु भएका माधव र प्रचण्डले आफ्नो पार्टीमा छलफल चलाउने हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस
घरायसी र अत्यावश्यक क्षेत्रमा मात्र ग्यास वितरण गर्ने तयारी

     पृथ्वी राजमार्गको कृष्णाभिर खण्डमा त्रिशूली नदीले सडक कटान गरेपछि काठमाडौं उपत्यका...

रसुवाको बाढीमा हालसम्म १ हजार ११४ मृत्यु, ३ हजार ९१६ जना सम्पर्कविहीन

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १...

देशका विभिन्न सडकको अवस्था यस्तो छ

    नेपाल प्रहरीले लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लाका सडक तथा राजमार्ग...

भोटेकोशी बाढी : २५ अर्ब ८७ करोडको बीमा दाबी

    गत बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको क्षतिको हालसम्म २५...