प्रचण्ड र माधव नेपालको एम्बुसमा कांग्रेस पर्छ : महेश बस्नेत



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका प्रभावशाली नेता महेश बस्नेतले लोकरिज्याइँको बजेट ल्याएर स्थानीय तहको निर्वाचनमा जान ५ दलीय गठबन्धन अनेक छिद्र खोजिरहेको आरोप लगाएका छन् ।
एक टेलिभिजन कार्यक्रममा बोल्दै नेता बस्नेतले भने, “माधव नेपाल र प्रचण्डका केही वकिलले स्थानीय तहको निर्वाचन एक वर्ष सार्न खोजेका थिए । प्रचण्ड र माधव नेपालले प्रधानमन्त्रीलाई स्यान्डविचजस्तो बनाउन खोजेका थिए । चौतर्फी दबाब र प्रतिपक्षको चेतावनीपछि ५ दलीय गठबन्धन जेठभित्र स्थानीय तहको निर्वाचनमा जान तयार भयो । तर अझै पनि १५ जेठमा लोकप्रिय बजेट ल्याएर चुनावमा जान अनेक छिद्र खोज्दै छ ।”

उनले स्थानीय तहको निर्वाचनमा एमाले एक्लै प्रतिस्पर्धा गर्न तयार भएको पनि बताए । “गठबन्धनले स्थिरता दिँदैन भन्ने त दुई तिहाइ बहुमतको केपी ओलीको सरकार ४० महिनामै ढलेको देखिइहाल्यो । अब माधव नेपाल र प्रचण्डले गठबन्धन गर्ने होइन, सीधै कांग्रेस प्रवेश गरे हुन्छ । त्यसो भएमा डेमोक्रेटहरु कांग्रेससँग जान्छन्, कम्युनिस्टहरु एमालेसँग आउँछन्,” उनले थपे, “माधव नेपाल र प्रचण्डले कांग्रेसको बुई चढेर एमालेलाई धम्काइरहेका छन् । उनीहरु बाटो भुलेका यात्री हुन् । यो त स्याल र फ्याउराले हात्ती चढेर सिंहलाई धम्काएजस्तो हो ।”

स्थानीय तहको निर्वाचनमा एमालेले ६० प्रतिशत तह जित्ने उनले दाबी गरे । उनले भने, “कतिपयलाई लागेको होला, कतिपय नेताहरु बाहिरिएकाले एमालेले हार्छ । त्यो त पुराना पात झरेपछि वसन्त ऋतुमा नयाँ पालुवा पलाउँछ । अबको प्रतिस्पर्धा भनेको एमाले र कांग्रेसकै हो । गत स्थानीय तह निर्वाचनमा एमालेले २९७, कांग्रेसले १७०, माओवादी १४६ तह जितेका थिए । अब माओवादी डाउन हुन्छ । त्यसको लाभ एमालेलाई हुन्छ । माधव नेपालको च्याँखे थाप्ने पार्टी हो । एमाले एक्लै चुनाव जान्छ । अप्राकृतिक गठबन्धन घातक हुन्छ । प्रचण्ड र माधव नेपालको एम्बुसमा कांग्रेस किन पर्छ र ?”

 

एमाले नेता बस्नेतले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाभियोग लगाएर हटाउने सपना नदेख्न पनि चेतावनी दिए । उनले भने, “राष्ट्रपति भनेको संविधानको संरक्षक हो । देशको अभिभावक हो । उहाँको टिपोटबारे गलत ढंगको प्रचार गरिएको छ । माधव नेपाल कमरेडले राष्ट्रपतिलाई महाभियोग लगाएर हटाउने कुरा सपनामा दूध र भात खाएजस्तै कुरा हो । प्रधानमन्त्रीसँग छलफलका निम्ति ल्याएको टिपोटलाई दबाब भन्न मिल्छ ? गठबन्धनलाई मनको बाघले पटक पटक खाएको छ ।”
संघीय चुनावमा प्रचण्डलाई जिताउने ठेक्का एमालेले नलिने पनि उनले बताए । बस्नेतले भने, “संघीय चुनावमा प्रचण्डलाई सिरहामा जस्तै जिताउनुपर्ने स्थिति आउन सक्छ । तर एमालेले त्यसको ठेक्का लिँदैन । प्रचण्ड र माधव नेपालसँग एमालेको चारपाँच वर्षसम्म सहकार्य हुँदैन । ती अस्थिर शक्तिलाई कांग्रेसले बोक्न सक्छ ।”
जनताकाृ मुच्र्छित सपनालाई ब्युँझाएकाले अबको संघीय निर्वाचनपछि केपी ओली नै प्रधानमन्त्री हुने उनको ठोकुवा छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...