एमालेले तोक्यो जनसंगठनको पदाधिकारी र केन्द्रीय कमिटीको संख्या



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेले जनसंगठनको पदाधिकारी र केन्द्रीय कमिटीको आकार तोकेको छ । जनसंगठन समन्वय संयन्त्रले २२ ओटै जनसंगठनको पदाधिकारी बढीमा १७ जना रहने ब्यवस्था गरेको हो । जनसंगठन संयन्त्रको शनिवार बसेको बैठकले सवै जनसंगठनमा समान पदाधिकारी रहने ब्यवस्थासहित कार्यदलले प्रस्तुत गरेको जनसंगठन सञ्चालन निर्देशिकालाई पारित अनुमोदन गर्दै पार्टीमा पठाउने निर्णय गरेको संयोजक भानुभक्त ढकालले जानकारी दिनुभयो ।

नेकपा एमालेले जनसंगठनको पदाधिकारी र केन्द्रीय कमिटीको आकार तोकेको छ । जनसंगठन समन्वय संयन्त्रले २२ ओटै जनसंगठनको पदाधिकारी बढीमा १७ जना रहने ब्यवस्था गरेको हो । जनसंगठन संयन्त्रको शनिवार बसेको बैठकले सवै जनसंगठनमा समान पदाधिकारी रहने ब्यवस्थासहित कार्यदलले प्रस्तुत गरेको जनसंगठन सञ्चालन निर्देशिकालाई पारित अनुमोदन गर्दै पार्टीमा पठाउने निर्णय गरेको संयोजक भानुभक्त ढकालले जानकारी दिनुभयो ।

बैठकबाट पारित निर्णयअनुसार अव जनसंगठनले बरिष्ठ उपाध्यक्ष राख्न नपाउने भएका छन । निर्णयअनुसार अध्यक्ष, महासचिव र कोषाध्यक्ष अनिवार्य गरिएको छ भने दुई उपाध्यक्ष रहने ब्यवस्था गर्दै एक जना महिला उपाध्यक्ष रहने ब्यवस्था गरिएको छ । यस्तै बढीमा दुई उपमहासचिव र बाँकी सचिव रहने गरी बिधान संशोधन गरी आगामी महाधिवेशनबाट कार्यान्वयन गर्नुपर्ने निर्णय बैठकले गरेको छ ।

बैठकको यो निर्णयलाई पार्टीको बैठकबाट अनुमोदन गराएसँगै २२ ओटै जनसंगठनले अनिवार्य रुपमा आफ्नो बिधान संशोधन गरी लागू गर्नुपर्ने संयोजक ढकालले जानकारी दिनुभयो । बैठकमा कतिपय जनसंगठनका अध्यक्ष इञ्चार्जहरुले पदाधिकारीको संख्या १७ कायम गरी संगठनको आवश्यकताअनुसार पदाधिकारी राख्ने ब्यवस्था मिलाउन सुझाव दिएका छन । सो बिषयमा निर्णयको अधिकार भने कार्यदलमा रहेका नेताहरुलाई नै प्रदान गरिएको छ ।

यसैगरी संयन्त्रले जनसंगठनमा काम गर्ने पार्टी सदस्यहरुको मर्यादाक्रमसमेत निर्धारण गरेको छ । संयन्त्रबाट पारित निर्णयअनुसार जनसंगठनका केन्द्रीय कमिटीका पदाधिकारी पार्टी प्रदेश कमिटीका सदस्य सरहको हैसियतमा रहने छन भने केन्द्रीय कमिटी सदस्य र प्रदेशका पदाधिकारी जिल्ला कमिटी सदस्य सरहको हैसियतमा रहने छन । पार्टीमा हुने कुनै पनि तहको निर्वाचनमा यही हैसियतमा उम्मेद्वार बन्न पाउने ब्यवस्था पनि सम्बन्धित जनसंगठनको काममा पारित मस्यौदामा गरिएको छ । संयन्त्रले अव एकै ब्यक्ति दुई ओटा जनसंगठनमा रहन नपाउने ब्यवथा पनि गरेको छ भने पार्टीको कुनै पनि तहको कार्यकारी भूमिकामा रहेका ब्यक्ति जनसंगठनको पदाधिकारी हुन नपाउने ब्यवस्था गरेको छ ।

संयन्त्रका सहसंयोजक रचना खडकाका अनुसार अव केन्द्रीय कमिटीका पदाधिकारीसहित प्रदेश, जिल्ला र पालिका कमिटीका पदाधिकारी जनसंगठनको पदाधिकारी हुन नपाउने ब्यवस्था गरिएको छ । एकै ब्यक्ति दुई ओटा भूमिकामा रहँदा पार्टी काम प्रभावित भएको बिगतको अनुभवका आधारमा यस्तो ब्यवस्था गरिएको कार्यदलका नेताहरुले बताएका छन ।

जनसंगठनलाई ब्यवस्थित बनाउन संयन्त्रको यसअघिको बैठकले संयोजक ढकालकै नेतृत्वमा कार्यदल बनाएको थियो । जस्को सदस्यमा सहसंयोजक रचना खडकासहित पोलिटब्युरो सदस्यहरुमा गोकुल बाँस्कोटा, महेश बस्नेत, पार्वत गुरुङ, माधव ढुंगेल र बिष्णु रिजाल रहनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
घरायसी र अत्यावश्यक क्षेत्रमा मात्र ग्यास वितरण गर्ने तयारी

     पृथ्वी राजमार्गको कृष्णाभिर खण्डमा त्रिशूली नदीले सडक कटान गरेपछि काठमाडौं उपत्यका...

रसुवाको बाढीमा हालसम्म १ हजार ११४ मृत्यु, ३ हजार ९१६ जना सम्पर्कविहीन

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १...

देशका विभिन्न सडकको अवस्था यस्तो छ

    नेपाल प्रहरीले लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लाका सडक तथा राजमार्ग...

भोटेकोशी बाढी : २५ अर्ब ८७ करोडको बीमा दाबी

    गत बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको क्षतिको हालसम्म २५...