३७ सदस्यीय काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति (सूचीसहित)



हाम्रो इकोनोमि

 

 

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले ३७ सदस्यीय काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति गठन गरेका छन् । शुक्रबार भर्चुअल माध्यमबाट बसेको केन्द्रीय कार्यसमितिको बैठकले कार्यसम्पादन समिति गठन गरेको हो । केन्द्रीय कार्यसमितिको आकार ठूलो भएपछि कार्यसम्पादन समिति बनाइएको हो ।

विधानअनुसार ४६ जनाको कार्यसम्पादन समिति हुनुपर्नेमा ११ जना पछि मनोनित गर्ने गरी सभापति देउवाले ३७ सदस्यीय कार्यसम्पादन समिति गठन गरेका हुन् ।कार्यसम्पादन समितिमा सभापति शेरबहादुरसहित १३ पदाधिकारीका साथै पूर्व पदाधिकारीलाई पनि समेटिएको छ । पदाधिकारीमा सभापति शेरबहादुर देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्री रहेका छन् । त्यस्तै सहमहामन्त्रीहरु फरमुल्लाह मन्सुर, भीष्मराज आङदाम्बे, उमाकान्त चौधरी, महेन्द्र यादव, महालक्ष्मी उपाध्याय डिना, किशोरसिंह राठौंर, बद्री पाण्डे र जीवन परियार रहेका छन् ।

केन्द्रीय सदस्यहरुमा वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला, चित्रलेखा यादव, डा. रामशरण महत, अर्जुननरसिंह केसी, सुनीलबहादुर थापा, डा. शेखर कोइराला, बलबहादुर केसी, उमा रेग्मी, रमेश रिजाल, डा. नारायण खड्का, जिपछिरिङ लामा, एनपी साउद, जीवनबहादुर शाही र आनन्दप्रसाद ढुंगाना कार्यसम्पादन समितिमा अटाएका छन् ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...