प्रचण्ड-माधवसँग जंगिए प्रधानमन्त्री देउवा



हाम्रो इकोनोमि

 

 

 

सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संबिधानअनुसार बैशाखमा स्थानीय तहको निर्वाचन घोषणा गरे गठबन्धन नै टुटने धम्की दिनुभएको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आज भेटेरै प्रचण्ड र माधवले यस्तो धम्की दिनुभएको हो ।

कांग्रेस सभापति देउवाले चुनावलगायतका बिषयमा छलफल गर्न बैठक बोलाउनु भएपछि प्रचण्ड र माधव कांग्रेसले लिने संभावित निर्णइबाट त्रसित भएर पहिला आफूहरु छलफल गरेर प्रधानमन्त्री देउवालाई भेटन पुग्नुभएको हो । नेपाली कांग्रेसभित्र संस्थापनदेखि बिपक्षी समुहसमेत स्थानीय तहको निर्वाचन बैशाख भन्दा पर सार्न संबिधानले नदिने बताएपछि कांग्रेसलाई चुनावबाट बाहिर निकाल्न माधव र प्रचण्डले योजना बनाउनु भएको हो ।

आजको भेटमा दुवै नेताले आफूहरु सत्तामा भएकोले स्थानीय तहमा जनप्रतिनिधिबिहीन बनाएर संघीय संसदको निर्वाचन नगरे एमालेलाई गठबन्धन गर्दा पनि हराउन नसकिने निश्कर्ष सुनाउनु भएको बालुवाटार स्रोतले  बताए । ‘स्थानीय तहको चुनाव गर्नैपर्छ भन्ने छैन, चुनावको मिति घोषणा गर्नेतिर नलाग्नु होला, त्यसो भयो भने गठबन्धन पनि टुटछ, एमालेले देशैभरी जित्छ,’ प्रधानमन्त्री देउवालाई प्रचण्ड–माधवको भनाई उधृत गर्दै नेपाली कांग्रेसका एक नेताले भने । ती नेताका अनुसार प्रचण्ड र माधवले आफूहरु अहिले प्रत्यक्ष हुने कुनै पनि चुनावका लागि तयार नै नभएको समेत बताउनु भएको छ ।

आफूहरुले ठूलो जोखिम मोलेर देउवालाई प्रधानमन्त्री बनाएको कारण एमालेले जित्ने अवस्था रहेको जान्दाजान्दै चुनाव गरेर घात नगर्न पनि दुई नेताले प्रधानमन्त्रीसामू अनुनय बिनय गर्नुभएको बालुवाटारस्रोतको भनाई छ । ‘दुनियाँले हामीलाई प्रतिक्रियावादी कित्तामा गइस भन्यो, कुनै वास्ता नगरेर तपाईलाई प्रधानमन्त्री बनायौं, चुनावमा जाने कुरा सही हुँदाहुँदै केपी ओलीलाई प्रतिगामी भन्यौं, अदालतबाट पनि भन्न लगायौं, अहिले नै चुनाव गरियो भने त हामी सवै सिकार हुन्छौं,’ प्रधानमन्त्री देउवासँग प्रचण्ड–माधवको भनाई उधृत गर्दै ती नेताले भने । प्रधानमन्त्री देउवासँगको छलफलमा दुवै नेताले स्थानीय तहको निर्वाचन घोषणा नगर्दा एमाले अदालत पुग्ने र अदालतले एक बर्ष लम्ब्याएर आफूहरुलाई सहयोग गर्ने बातावरण निर्माण गर्ने भन्दै सेटिङको कुरासमेत राख्नुभएको स्रोतको भनाई छ ।

प्रचण्ड–माधवलाई कांग्रेसको बैठकले चुनावति जाने निर्णय लिन्छ भनेर त्यो बिषयमा छलफल नै नगराउनका लागि प्रधानमन्त्रीलाई दवाव दिनुभएको छ, आजको छलफलको सार यही हो,’ स्रोतले भन्यो । जवाफमा प्रधानमन्त्री देउवाले कांग्रेसभित्र संबिधानअनुसार बैशाखमै चुनाव गर्नुपर्ने पक्षमा ठूलो हिस्सा रहेकोले पार्टी निर्णयअनुसार मात्रै आफ अघि बढने बताउनु भएको छ । ‘हाम्रोतिर सवैको जोड बैशाखमा चुनाव भन्ने नै छ, अव सवै साथीहरु चुनाव चाहिन्छ भन्छन भने त कसरी रोक्ने प्रचण्ड–माधवलाई प्रधानमन्त्री देउवाको भनाई उधृत गर्दै स्रोतले भन्यो ।

प्रधानमन्त्रीको यो भनाईपछि प्रचण्ड र माधव प्रतिवादमा उत्रिनु भएको तर देउवाले ‘तपाईहरुले भनेर मात्रै हुन्छ यार रु कांग्रेस चलाउन नखोज्नोस, मेरो पार्टीमा पनि त मिलाउनु पर्यो नि यार’ भन्दै जंगिनु भएको थियो । प्रधानमन्त्रीको यो भनाईपछि दुवै नेताले एमाले नेताहरुले राष्ट्रियसभाको निर्वाचनपछि गठबन्धनको उपादेयता सकिने भनिरहेको बेला आफूहरुमाथि घात नगर्न भन्दै पधानमन्त्रीलाई धम्की दिएर बैठकबाट उठनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस सिध्याउने खलनायक गगन थापा हुन : मोहन बस्नेत

     नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले विशेष महाधिवेशनबाट आएकाे नेतृत्वले पार्टीलाई इतिहासकै...

कांग्रेस इतर समूहको शक्ति प्रदर्शन विराटनगरमा

    नेपाली कांग्रेसको संस्थापन इतर पक्षको भेला विराटनगरमा सुरू भएको छ ।...

असारका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

  असार महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जेठको...

एमालेको ‘६ ज’ केन्द्रित मिसन जागरण अभियान

    नेकपा एमालेले केन्द्रीय सदस्यहरुलाई पार्टीको गुमेको साख फर्काउदै आगामी स्थानीय र...