कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ।

आज अपरान्ह ३ बजे भर्चुअल माध्यमबाट केन्द्रीय समिति बैठक बस्दैछ। पहिलोपटक भर्चुअल माध्यमबाट केन्द्रीय समिति बैठक बस्न लागेको हो। आजको बैठकमा केन्द्रीय कार्यसम्पादन समिति गठन र स्थानीय चुनावबारे छलफल गर्नेलगायतका एजेन्डा रहेको महामन्त्री गगन थापाले बताए।

१४ औं महाधिवेशनबाट सभापति जितेपछि शेरबहादुर देउवाले दुई पटक केन्द्रीय समिति बैठक राखिसकेका छन्। आज तेस्रोपटक केन्द्रीय समिति बैठक बस्न लागेको हो। मंसिरमा कांग्रेसले महाधिवेशन गरेको थियो। कांग्रेसमा १४ पदाधिकारीमध्ये कोषाध्यक्ष मनोनीत गर्न बाँकी छ। सभापतिले निर्वाचित केन्द्रीय सदस्यमध्ये एकलाई कोषाध्यक्षमा प्रस्ताव गर्ने र केन्द्रीय समिति बैठकले अनुमोदन गर्ने व्यवस्था छ।

साथै कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति गठनको गृहकार्य गरेको छ।

कार्यसम्पादन समितिमा पदाधिकारी पदेन सदस्य हुन्छन् भने ३१ जना केन्द्रीय सदस्यमध्येबाट सभापतिले कार्यसम्पादन समितिका सदस्य प्रस्ताव गर्नेछन्। सभापति देउवाले आज कार्यसम्पादन समिति सदस्य प्रस्ताव गर्ने तयारी गरेका छन्। शीर्ष नेताहरू रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, प्रकाशशरण महतलगायत केन्द्रीय कार्यसम्पादनमा समेटिने सम्भावना छ। आफूलाई महाधिवेशनमा सघाएकाहरूलाई कार्यसम्पादनमा जिम्मेवारी दिने तयारीमा देउवा छन्।

केन्द्रीय समिति बैठक बस्न नसक्ने अवस्थामा कार्यसम्पादन समितिले आवश्यक निर्णय लिन सक्छ। कांग्रेसमा १६८ सदस्यीय केन्द्रीय समिति बन्ने विधानको व्यवस्था छ। सभापति देउवाले २० केन्द्रीय सदस्य मनोनीत गर्न बाँकी छ। केन्द्रीय समिति ठूलो भएपछि कार्यसम्पादन समिति बनाउन लागिएको छ। १३ औं महाधिवेशनमा कांग्रेस केन्द्रीय समिति सदस्य संख्या ८६ मात्रै थियो। पछि विभिन्न पार्टीसँग समायोजन गर्दा आमन्त्रितसमेत थप गरेर १२४ सदस्य पुगेका थिए।

साथै आज स्थानीय तह चुनाव कहिले गर्ने भन्ने पनि छलफल हुनेछ। वैशाखमै स्थानीय तह चुनाव गर्न र गठबन्धनलाई चुनावसम्म नलैजान शेखर कोइराला पक्षले माग गरिरहेका छन्। प्रधानमन्त्रीसमेत रहेका देउवाले भने कहिले स्थानीय तह चुनाव गर्ने मुख खोलेका छैनन्। सत्तागठबन्धनमा भने वैशाखमा स्थानीय तह चुनाव नगर्न स्थानीय तह निर्वाचन ऐन नै संशोधन गरेर जानुपर्ने आवाज उठेका छन्। यस्तो अवस्थामा पार्टीभित्र छलफल गरी आवश्यक रणनीति तय गर्न आज भर्चुअल रूपमा केन्द्रीय समिति बैठक बस्न लागेको हो।

प्रतिक्रिया दिनुहोस
कांग्रेस सिध्याउने खलनायक गगन थापा हुन : मोहन बस्नेत

     नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले विशेष महाधिवेशनबाट आएकाे नेतृत्वले पार्टीलाई इतिहासकै...

कांग्रेस इतर समूहको शक्ति प्रदर्शन विराटनगरमा

    नेपाली कांग्रेसको संस्थापन इतर पक्षको भेला विराटनगरमा सुरू भएको छ ।...

असारका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

  असार महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जेठको...

एमालेको ‘६ ज’ केन्द्रित मिसन जागरण अभियान

    नेकपा एमालेले केन्द्रीय सदस्यहरुलाई पार्टीको गुमेको साख फर्काउदै आगामी स्थानीय र...