अष्ट्रेलियामा छोरा–छोरी छन् ? यी कुरा पढ्नुहोस् – नत्र ज्यानै भन्न नपाइएला है !
अष्ट्रेलियामा छोरा–छोरी छन् ? यी कुरा पढ्नुहोस् , नत्र ज्यानै भन्न नपाइएला है । यी शब्द अष्ट्रेलियामा रहेका सरल गुरुङ्गका हुन् । अध्ययनका लागि अष्ट्रेलिया पुगेकी एक नेपाली चेलीको मृत्युपछि शव नेपाल पठाउन समेत त्यहाँ रहेका नेपालीले पैसा उठाउनुपर्यो ।
पैसा उठाउने सहयोगी कार्यको अगुवाई पत्रकार गुरुङ्गले गर्नुभएको थियो । सहयोगीदाताहरुलाई धन्यवाद दिँदै भिडियोमा आउँनुभएका पत्रकार गुरुङ्गले सिड्नीमा बस्दै आएकी २२ वर्षिय सुस्मिता कपालीको मृत्युपछि तीतो यर्थाथ ओकल्न सार्वजनिक रुपमा आउँनुभयो । काठमाडौं, कीर्तिपुर घर भएकी कपाली अध्ययनका लागि २ वर्षअघि अष्ट्रेलिया पुग्नुभएको थियो । एमपीएल पढिरहेकी उहाँ मृत फेला पर्नुभयो ।
उहाँको मृत्युको कारण आफै भएको प्रहरीको अनुशन्धानमा देखिएको छ । त्यसपछि पत्रकार सरल गुरुङ्गले अष्ट्रेलियामा रहेका विद्यार्थीहरुमा केही बर्ष अत्यन्तै तनावको जीन्दगी हुने खुलासा गर्नुभयो ।
उहाँले अष्ट्रेलिया आउँने विद्यार्थीले नेपालमा रहेका परिवारलाई ठूलो ऋणको भारी बोकाएर आएका हुन्छन् । त्यो ऋणको ब्याज तिर्न घरपरिवारलाईपनि पैसा पाउँनै पर्यो । त्यहाँ आएपछि अनिवार्य कलेज पढ्नुपर्छ ।
कलेजको फि, ट्युशन पढ्नै पर्छ त्यसको फि, अनि खान, बस्न ( कोठाभाडा ) सबै जोहो गर्न सानो बुद्धी र थोरै शारीरिक क्षमता भएकाहरुका लागि अति कष्टदायी हुन्छ । १८ घण्टा काम गर्दा समेत त्यो सबै धान्न सकिन्न । तर कलेजको असाइनमेण्ट, कक्षामा उपस्थिती,.. उस्तै त आत्तिएका हुन्छन् । यस्तो बेलामा उनीहरुमा अत्यन्तै धेरै दवाव हुन्छ । त्यही बेला घरबाट पैसा पठाउ भनेर झन दवाव थपियो ।
नेपालमा पैसा नहुँदा परेका असरबारे त्यहाँ रहेका बच्चालाई भनियो भने धेरैले त्यसलाई पचाउँन सक्दैनन् । यही कारण आफै जीवन गुमाउनेको संख्या धेरै भएको छ । यसैले क्रिपया नेपालमा रहेका अभिभावक जसले बच्चालाई पढ्न अष्ट्रेलिया पठाउँनुभएको छ ।
उहाँहरुलाई दवाव हैन सान्त्वना दिनुहोस् । पैसा ठूलो हैन जीवन भन्दा, जीवन भए पैसा एकदिन कमिन्छ भन्दै सरलले हात जोडेर आग्रह गर्नुभएको छ । पारिवारीक दवाव र आर्थिक भार कै कारण मानसिक तनाव अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीले झेलिरहेको उहाँको दावी छ । यही कारण आफै ज्यान गुमाउनेहरुको संख्या बढीरहेकोपनि उहाँको भनाई छ । यसैले त्यहाँ रहेका विद्यार्थीहरुका अभिभाव तपाईहरुले आफ्ना बच्चालाई सान्त्वना दिनुहोस् ।
केही बर्ष दु:ख हो । त्यसपछि त्यहाँ सुख हुन्छ । पढाई सकिएपछि त झनै सुख हुन्छ । हिम्मत र हरेश नखान सबैले हौसला दिऔँ । जहाँपनि सुरुका दिनमा संघर्ष गर्नैपर्छ । संघर्ष नै सफलता हो ।