अष्ट्रेलियामा छोरा–छोरी छन् ? यी कुरा पढ्नुहोस् – नत्र ज्यानै भन्न नपाइएला है !



हाम्रो इकोनोमि

 

 

अष्ट्रेलियामा छोरा–छोरी छन् ? यी कुरा पढ्नुहोस् , नत्र ज्यानै भन्न नपाइएला है । यी शब्द अष्ट्रेलियामा रहेका सरल गुरुङ्गका हुन् । अध्ययनका लागि अष्ट्रेलिया पुगेकी एक नेपाली चेलीको मृत्युपछि शव नेपाल पठाउन समेत त्यहाँ रहेका नेपालीले पैसा उठाउनुपर्यो ।

पैसा उठाउने सहयोगी कार्यको अगुवाई पत्रकार गुरुङ्गले गर्नुभएको थियो । सहयोगीदाताहरुलाई धन्यवाद दिँदै भिडियोमा आउँनुभएका पत्रकार गुरुङ्गले सिड्नीमा बस्दै आएकी २२ वर्षिय सुस्मिता कपालीको मृत्युपछि तीतो यर्थाथ ओकल्न सार्वजनिक रुपमा आउँनुभयो । काठमाडौं, कीर्तिपुर घर भएकी कपाली अध्ययनका लागि २ वर्षअघि अष्ट्रेलिया पुग्नुभएको थियो । एमपीएल पढिरहेकी उहाँ मृत फेला पर्नुभयो ।

उहाँको मृत्युको कारण आफै भएको प्रहरीको अनुशन्धानमा देखिएको छ । त्यसपछि पत्रकार सरल गुरुङ्गले अष्ट्रेलियामा रहेका विद्यार्थीहरुमा केही बर्ष अत्यन्तै तनावको जीन्दगी हुने खुलासा गर्नुभयो ।

उहाँले अष्ट्रेलिया आउँने विद्यार्थीले नेपालमा रहेका परिवारलाई ठूलो ऋणको भारी बोकाएर आएका हुन्छन् । त्यो ऋणको ब्याज तिर्न घरपरिवारलाईपनि पैसा पाउँनै पर्यो । त्यहाँ आएपछि अनिवार्य कलेज पढ्नुपर्छ ।

कलेजको फि, ट्युशन पढ्नै पर्छ त्यसको फि, अनि खान, बस्न ( कोठाभाडा ) सबै जोहो गर्न सानो बुद्धी र थोरै शारीरिक क्षमता भएकाहरुका लागि अति कष्टदायी हुन्छ । १८ घण्टा काम गर्दा समेत त्यो सबै धान्न सकिन्न । तर कलेजको असाइनमेण्ट, कक्षामा उपस्थिती,.. उस्तै त आत्तिएका हुन्छन् । यस्तो बेलामा उनीहरुमा अत्यन्तै धेरै दवाव हुन्छ । त्यही बेला घरबाट पैसा पठाउ भनेर झन दवाव थपियो ।

नेपालमा पैसा नहुँदा परेका असरबारे त्यहाँ रहेका बच्चालाई भनियो भने धेरैले त्यसलाई पचाउँन सक्दैनन् । यही कारण आफै जीवन गुमाउनेको संख्या धेरै भएको छ । यसैले क्रिपया नेपालमा रहेका अभिभावक जसले बच्चालाई पढ्न अष्ट्रेलिया पठाउँनुभएको छ ।

उहाँहरुलाई दवाव हैन सान्त्वना दिनुहोस् । पैसा ठूलो हैन जीवन भन्दा, जीवन भए पैसा एकदिन कमिन्छ भन्दै सरलले हात जोडेर आग्रह गर्नुभएको छ । पारिवारीक दवाव र आर्थिक भार कै कारण मानसिक तनाव अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीले झेलिरहेको उहाँको दावी छ । यही कारण आफै ज्यान गुमाउनेहरुको संख्या बढीरहेकोपनि उहाँको भनाई छ । यसैले त्यहाँ रहेका विद्यार्थीहरुका अभिभाव तपाईहरुले आफ्ना बच्चालाई सान्त्वना दिनुहोस् ।

केही बर्ष दु:ख हो । त्यसपछि त्यहाँ सुख हुन्छ । पढाई सकिएपछि त झनै सुख हुन्छ । हिम्मत र हरेश नखान सबैले हौसला दिऔँ । जहाँपनि सुरुका दिनमा संघर्ष गर्नैपर्छ । संघर्ष नै सफलता हो ।

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

इरान परमाणु हतियार बनाउने लक्ष्य नजिक थियो : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य शक्ति क्षिण हुँदै गएको र...

इन्डोनेसियामा शक्तिशाली भूकम्प

     इन्डोनेसियाको मोलुका टापु नजिकै आज ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...