कलेज आउँन दिनदिनै गाडी फेर्ने धनी परिवारकी गर्लफ्रेण्डसँग कपिल शर्माको चक्कर



हाम्रो इकोनोमि

 

 

काठमाडौं । कपिल शर्मा सबैले चिन्ने नाम हो । उनको स्ट्यान्डअप कमेडी शो ‘आई एम नट डन यट’ चाँडै रिलिज हुँदैछ । हालै कपिलले शो मार्फत जीवनमा हास्य ब्यङ्ग भन्दा के मन पर्छ ? भनेर खुलाएका छन् ।

कपिलले आफूले जीवनमा अहिलेसम्म पाएको भन्दा आफ्नी श्रीमती गिन्नी चतरथलाई धेरै माया गर्ने बताएका हुन् । कपिल भन्छन्, ‘गिन्नी जालन्धरको गर्ल्स कलेजमा थिइन् । उनी मभन्दा करिब तीन–चार वर्ष कान्छी थिइन् ।

म कमर्शियल आर्ट्समा मेरो पीजी डिप्लोमा गर्दै थिएँ र मलाई पकेट पैसाको सख्त आवश्यकता थियो। म सधैं थिएटरहरूमा भाग लिन्थें र अन्य कलेजहरूमा जान्थें । गिन्नी मेरो विद्यार्थी थिइन् र धेरै चलाख पनि थिइन् ।

गिन्नी स्किटमा धेरै राम्रो थिइन्, त्यसैले मैले उनलाई आफ्नो सहायक बनाए । उनी पनि राम्रो परिवारकी थिइन् । मलाई अझै याद छ, उनी दिनहुँ नयाँ गाडीमा कलेज आउथिन् र म स्कुटरमा । गिन्नी मेरो अगाडि प्रेममा परिन् तर मेरो वर्गीय भिन्नताको कारणले केहि पनि हुन सक्छ कि भनेर मलाई सधैं शंका थियो ।

तर भगवान धेरै राम्रो हुनुहुन्थ्यो र म भाग्यमानी थिए कि मैले गिन्नीसँग विवाह गरें । गिन्नीले मलाई सधैं सहयोग गरिन् । मलाई अझै याद छ, जब म मेरो धेरै खराब चरणमा थिएँ, मैले जीवनमा सही दिशा अपनाएको थिएँ । गिन्नीसँग बिहे गर्नु मेरो पहिलो सही कदम थियो । आज, म आफूलाई भाग्यशाली मान्छु कि दुई बच्चाहरू छन् ।’

प्रतिक्रिया दिनुहोस
ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

खाडी क्षेत्रमा हजारौं अमेरिकी सैनिक प्रस्थान

    इरानसँग युद्ध अन्त्यका लागि प्रयास भइरहेका समाचार आइरहेका बेला अमेरिकाले खाडी...

इरानले भन्यो : अमेरिकी गठबन्धनलाई बमले स्वागत

    इरानले आफ्ना मित्र देशका लागि हर्मुज जलघाँटीको बाटो खुला गरिएको प्रष्ट...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...