प्रियंका–निकले छोरीका लागि किने अमेरिकाकै महंगो घर, बच्चा मैत्री बनाउँन २० लाख डलर खर्चे



 

 

बलिउड अभिनेत्री प्रियंका चोपडा र निक जोनस सरोगेसी मार्फत अभिभावक बनेका छन् । दम्पतीले अब आफ्नो छोरीलाई स्वागत गर्न लस एन्जलसको घरलाई मर्मत गरेका छन् । रिपोर्टका अनुसार उनीहरू आफ्नो घरलाई बच्चा मैत्री बनाउन चाहन्थे । यो घर दम्पतीले २०१९ मा किनेका थिए ।

पिपल म्यागजिनको रिपोर्टका अनुसार निक–प्रियंकाले बच्चाको योजना अनुसार लस एन्जलसमा यो भव्य घर किनेका हुन् । उनीहरूलाई आफ्नो बच्चाको लागि घरमा हरियाली र बाहिरी ठाउँ चाहिन्छ ।

 

प्रियंका–निकले आफ्नो घरको भित्री र बाहिरी भागहरू मर्मत गर्न धेरै महिना बिताएका छन् । यो घरका लागि जोडीले २० लाख डलर खर्च गरेका थिए । निक–प्रियंकाको यो घर सान फर्नान्डो भ्याली एन्सिनोको सबैभन्दा महँगो घर हो । दम्पतीले यस वर्ष यही घरमा दीपावली मनाएका थिए । १२ साताअघि आमा बनेकी प्रियंका रिपोर्टका अनुसार ‘डाक्टरले दिएको मितिभन्दा १२ हप्ता अगाडि प्रियंकाको बच्चा जन्मिएको हो ।

लस भेगासको बाहिरी भागमा रहेको दक्षिणी क्यालिफोर्नियाको एक अस्पतालमा दम्पतीको बच्चाको जन्म भएको थियो । प्रि–म्याच्योर डेलिभरीका कारण बच्चा केही कमजोर हुन्छ ।

निक–प्रियंकाले बच्चा पूर्णतया स्वस्थ नभएसम्म अस्पतालमै रहने छ । प्रियंकाले पोष्टको जानकारी सेयर गरेकी थिइन् । प्रियंकाले आफ्नो पोस्टमा लेखेकी छिन्, ‘हामी सरोगेसी मार्फत बच्चालाई हाम्रो जीवनमा स्वागत गर्दैछौं भन्ने कुरा साझा गर्न पाउँदा खुसी छौं । हामी सम्मानपूर्वक हाम्रो परिवारको लागि अनुरोध गर्दछौं, यो विशेष समयमा हाम्रो गोपनीयताको ख्याल राख्नुहोस् ।’

प्रतिक्रिया दिनुहोस
९ महिनामा पौने ११ खर्ब रेमिट्यान्स भित्रियो

  चालु आर्थिक वर्ष (आव) २०८०/८१ को ९ महिना (साउन–चैत) मा पौने ११

सुनको भाउ बढ्यो

आइतबार सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी

बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

  वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् । उनलाई हेलिकप्टरमार्फत् काठमाडौं

रूसको ‘मस्ट वान्टेड’ सूचीमा युक्रेनी राष्ट्रपति जेलेन्स्की

    रूसले युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीविरूद्ध फौजदारी मुद्दा चलाएर ‘मस्ट वान्टेड’ सूचीमा