प्रियंका–निकले छोरीका लागि किने अमेरिकाकै महंगो घर, बच्चा मैत्री बनाउँन २० लाख डलर खर्चे



हाम्रो इकोनोमि

 

 

बलिउड अभिनेत्री प्रियंका चोपडा र निक जोनस सरोगेसी मार्फत अभिभावक बनेका छन् । दम्पतीले अब आफ्नो छोरीलाई स्वागत गर्न लस एन्जलसको घरलाई मर्मत गरेका छन् । रिपोर्टका अनुसार उनीहरू आफ्नो घरलाई बच्चा मैत्री बनाउन चाहन्थे । यो घर दम्पतीले २०१९ मा किनेका थिए ।

पिपल म्यागजिनको रिपोर्टका अनुसार निक–प्रियंकाले बच्चाको योजना अनुसार लस एन्जलसमा यो भव्य घर किनेका हुन् । उनीहरूलाई आफ्नो बच्चाको लागि घरमा हरियाली र बाहिरी ठाउँ चाहिन्छ ।

 

प्रियंका–निकले आफ्नो घरको भित्री र बाहिरी भागहरू मर्मत गर्न धेरै महिना बिताएका छन् । यो घरका लागि जोडीले २० लाख डलर खर्च गरेका थिए । निक–प्रियंकाको यो घर सान फर्नान्डो भ्याली एन्सिनोको सबैभन्दा महँगो घर हो । दम्पतीले यस वर्ष यही घरमा दीपावली मनाएका थिए । १२ साताअघि आमा बनेकी प्रियंका रिपोर्टका अनुसार ‘डाक्टरले दिएको मितिभन्दा १२ हप्ता अगाडि प्रियंकाको बच्चा जन्मिएको हो ।

लस भेगासको बाहिरी भागमा रहेको दक्षिणी क्यालिफोर्नियाको एक अस्पतालमा दम्पतीको बच्चाको जन्म भएको थियो । प्रि–म्याच्योर डेलिभरीका कारण बच्चा केही कमजोर हुन्छ ।

निक–प्रियंकाले बच्चा पूर्णतया स्वस्थ नभएसम्म अस्पतालमै रहने छ । प्रियंकाले पोष्टको जानकारी सेयर गरेकी थिइन् । प्रियंकाले आफ्नो पोस्टमा लेखेकी छिन्, ‘हामी सरोगेसी मार्फत बच्चालाई हाम्रो जीवनमा स्वागत गर्दैछौं भन्ने कुरा साझा गर्न पाउँदा खुसी छौं । हामी सम्मानपूर्वक हाम्रो परिवारको लागि अनुरोध गर्दछौं, यो विशेष समयमा हाम्रो गोपनीयताको ख्याल राख्नुहोस् ।’

प्रतिक्रिया दिनुहोस
मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...

इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल...

इरानले युएई र कतारमा हान्यो ड्रोन र मिसाइल

    इरानले युएई र कतारमा हवाई आक्रमण गरेको छ । इरानी मिसाइल...

सर्वोच्च नेता खामेनीको चार महिनापछि अन्त्येष्टि

    इरानका मारिएका सर्वोच्च नेता अली खामेनीलाई उनको मृत्यु भएको चार महिनाभन्दा...