बलिउड स्टार : बावु-छोरी देखि दिदि-भाई सम्मका लाजमर्दा अवस्था, छोरी नभए बिहे नै गर्थे जस्ता बयान !



 

 

बलिउड जति ठूलो छ, त्यती नै विवादित पनि छ । अभिनेत्री शिल्पा शेट्टीलाई चुम्बन प्रकरणमा राहत मिलेको छ । सन् २००७ मा, उनले राजस्थानमा एड्सको बारेमा जागरूकता फैलाउने कार्यक्रममा भाग लिइन्, जहाँ हलिउड अभिनेता रिचर्ड गेरेले शिल्पालाई समातेर चुम्बन गरेका थिए ।

यस प्रकरणमा शिल्पा विरुद्ध सार्वजनिक स्थलमा अश्लीलता फैलाएको मुद्दा दर्ता भएको थियो । अब १५ वर्षपछि अदालतले शिल्पालाई अभियुक्त नभई पीडित भन्दै शिल्पामाथि लागेको सबै आरोप खारेज गरेको छ ।

शिल्पा भन्दा पहिले पनि धेरै बलिउड सेलिब्रेटी चुम्बनका कारण विवादमा फसेका छन् । आज हामी ति सेलिब्रेटीहरूका बारेमा चर्चा गर्न गइरहेका छौँ ।

 

 

मिका सिंह–राखी सावन्त

सन् २००६ मा मिका सिंहले राखी सावन्तलाई उनको जन्मदिनको पार्टीमा चुम्बन गरेका थिए । त्यसबेला राखी शान्त भइन् तर पछि उनले मिकाविरुद्ध मुद्दा दायर गरिन् ।वर्षौंको झगडापछि अहिले यी दुई साथी बनेका छन् । हालै मात्र बिग बोस १५ मा प्रतियोगी र अतिथिको रुपमा आएका मिकालाई सलमान खानले पनि ट्रोल गरेका थिए ।

 

क्रिस्टियानो रोनाल्डो–बिपाशा बसु

सन् २००७ मा चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोले अभिनेत्री विपाशा बसुलाई चुम्बन गरेका थिए । तस्बिर सार्वजनिक हुनेबित्तिकै मानिसहरूले दुवै सम्बन्धमा रहेको खबर फैलाउन थाले । त्यसबेला बिपाशा जोन अब्राहमलाई डेट गरिरहेकी थिइन् भन्ने विवादको कारण थियो ।

 

शाहिद कपूर–करीना कपुर
केही वर्षअघि करीना कपूर र शाहिदले चुम्बन गरेको भिडियो लिक भएको थियो । दुवैको यो एमएमएस निकै भाइरल भएको थियो । सोध्दा दुवैले भिडियोमा देखिएका जोडी अर्कै हुन् भनेर स्पष्ट रुपमा भनेका थिए ।

शाहिद कपूर–करीना कपुरपनि दिदि भाई हुन् । एक अन्तर्वार्तामा करीना कपूरले आफ्नो त्यस्तो सम्बन्ध नभएपनि आफ्नै भाईसँग नाम जोडेर दिन रात रुने बनाएको गुनासो गरेकी थिइन् । यद्यपी तस्विर भने आपत्तिजनक नै थियो ।

 

दीपिका पादुकोण–सिद्धार्थ माल्या
सिद्धार्थ माल्या र दीपिका पादुकोणको तस्विरले मानिसहरू छक्क परेका थिए । यो तस्बिर इडेन गार्डेनको हो, जहाँ रोयल च्यालेन्जरले आईपीएल खेलमा कोलकाता नाइट राइटर्ससँग हारको स्वाद चाखेको थियो । जितको उत्सव मनाउँदै गर्दा दीपिका र सिद्धार्थले चुम्बन गरेको तस्विर निकै भाइरल बनेको थियो ।

 

महेश भट्ट–पूजा भट्ट
फिल्मफेयर पत्रिकाको पहिलो पृष्ठमा महेश भट्ट आफ्नी छोरी पूजा भट्टलाई चुम्बन गरिरहेको देखिएका थिए । यो तस्विरलाई लिएर निकै विवाद भएको थियो । महेशले पूजा आफ्नी छोरी नभएको भए उनीसँग बिहे गर्ने बताएपछि विवाद थप चर्कियो । यो अहिले पनि बलिउड उद्योगमा सबैभन्दा विवादास्पद तस्विर मध्ये एक हो ।

 

प्रतिक्रिया दिनुहोस
९ महिनामा पौने ११ खर्ब रेमिट्यान्स भित्रियो

  चालु आर्थिक वर्ष (आव) २०८०/८१ को ९ महिना (साउन–चैत) मा पौने ११

सुनको भाउ बढ्यो

आइतबार सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी

बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

  वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् । उनलाई हेलिकप्टरमार्फत् काठमाडौं

रूसको ‘मस्ट वान्टेड’ सूचीमा युक्रेनी राष्ट्रपति जेलेन्स्की

    रूसले युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीविरूद्ध फौजदारी मुद्दा चलाएर ‘मस्ट वान्टेड’ सूचीमा