काठमाण्डौ उपत्यकामा जोर-बिजोर हटने संकेत



हाम्रो इकोनोमि

 

 

काठमाडौं उपत्यकामा तीन वटा जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेशबारे समीक्षा गर्ने भएका छन्।  शुक्रबार प्रमुख जिल्ला अधिकारीहरू बैठक बस्दै यसबारे समीक्षा गर्ने काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए।  कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्न काठमाडौं उपत्यकामा प्रशासन कार्यालयले जोर-बिजोर प्रणाली लागु गरेको छ।

त्यसले सवारी साधनको चाप घटाए पनि सार्वजनिक सवारी साधनमा यात्रुहरूको भीडभाड लागेको भन्दै गुनासोहरू आइरहेका थिए। काठमाडौंका प्रमुख जिल्ला अधिकारी रिजालले यसबारे मिश्रित प्रतिक्रियाहरू आएको बताए।  ‘यसबारेमा मिश्रित प्रतिक्रियाहरू आएका छन्। कसैले यसले भीडभाड बढाएको भनेका छन्। कतिले यसले अनावश्यक रूपमा हिँडडुल गर्ने कम भएको पनि भनेका छन्,’ रिजालले भने,‘हामी पनि अनुगमन गर्दैछौं।’

यस्तै, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यक्षले पनि भोलिसम्ममा अर्को आदेश जारी गर्ने बताए। यद्यपि जोर-बिजोर प्रणालीलाई हटाउनेबारे निष्कर्षमा पुगिनसकेको उनले बताए।

‘जोर-बिजोर प्रणालीबारे समीक्षा हुँदैछ। आज-भोलि बैठक बस्ने भएका छौं। हेरौं के निष्कर्ष निस्किन्छ,’ उनले भने, ‘ठोस कुरा केही भइसकेको छैन। आज-भोलिसम्मको अवस्था हेरेर थप समीक्षा गर्छौं।’ प्रशासन कार्यालयले जारी गरेका आदेश पालना र प्रभावको समीक्षा गरिने उनले बताए।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...