राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको पद धरापमा



हाम्रो इकोनोमि

 

 

राष्ट्रियसभाको १२ माघको चुनावी परिणामले नयाँ घटना विकास गरेको छ । सत्ता गठबन्धनका पाँच दल राष्ट्रियसभामा दुई तिहाईमा पुग्ने अवस्था बनेको छ । एमालेले हाल रहेको ८ सिटमा ७ सिट गुमाएको छ । यसबाट २० फागुनपछि एमाले राष्ट्रियसभामा १७ सिटमा खुम्चने भएको छ । ५९ सदस्यीय राष्ट्रियसभामा २० फागुनपछि एमालेको १७ र लोकतान्त्रिक समाजवादी पार्टीका एक सांसद हुनेछन् । सत्ता गठबन्धनबाट माओवादीको १५, काँग्रेसको १०, नेकपा एसको ९, जसपाको ३ र राजमोको १ गरी ३८ सांसद हुनेछन् । स्वतन्त्र सांसद खिमलाल देवकोटा पनि गठबन्धन निकट हुन् । राष्ट्रपतिबाट मनोनित सांसद बामदेव गौतम पनि एमालेमा छैनन् ।

रामनारायण बिडारीको स्थानमा मन्त्रिपरिषदबाट सिफारिश भई राष्ट्रपतिबाट मनोनित सांसद हुनेछन् । यसमा पनि सत्ता गठबन्धनबाटै हुने निश्चितप्रायः छ । २० फागुनपछि सत्ता गठबन्धनमा ३८ र पक्षधर १ गरी ३९ सांसद हुनेछन् । बामदेव गौतमको साथ मिलेमा ४० पुग्नेछ भने मनोनित पनि पक्षधरबाट भएमा ४१ पुग्नेछ । यस्तो अवस्थामा गठबन्धन राष्ट्रिय सभामा दुई तिहाईमा पुग्नेछ । सत्ता गठबन्धनका दलहरु दुई तिहाईमा पुग्नु भनेको राष्ट्रियसभा निर्वाचित अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको पद धरापमा पर्नु हो । विश्वस्त स्रोतका अनुसार हिजोको मत परिणाम आएपछि सत्ता गठबन्धनले तिमिल्सिनाविरुद्ध महाभियोग लगाउने पूर्वतयारी गरिसकेको छ । महाभियोग पाति गर्न ५९ सदस्यीय राष्ट्रियसभामा ४० सांसदको साथ भए पुग्छ ।

संविधान अनुसार राष्ट्रियसभाको अध्यक्षलाई एक तिहाई सांसदले महाभियोग लगाउन प्रस्ताव पेश गर्न सक्नेछन् । पारित गर्न भने दुई तिहाई आवश्यक पर्छ । राष्ट्रियसभाको अब बन्ने संरचनामा सत्ता गठबन्धनको अंकगणितले तिमिल्सिनाको पद भने धरापमा पारेको छ ।

 

राष्ट्रियसभामा २० फागुनबाट कस्को कति सिट

नेकपा एमाले-१७
माओवादी केन्द्र-१५
नेपाली काँग्रेस-१०
नेकपा एस-९
जसपा-३
राजमो-१
लोसपा-१
स्वतन्त्र खिमलाल देवकोटा-१
मनोनित कतै नखुलेका बामदेव गौतम-१
मनोनित हुन बाँकी-१

प्रतिक्रिया दिनुहोस
घरायसी र अत्यावश्यक क्षेत्रमा मात्र ग्यास वितरण गर्ने तयारी

     पृथ्वी राजमार्गको कृष्णाभिर खण्डमा त्रिशूली नदीले सडक कटान गरेपछि काठमाडौं उपत्यका...

रसुवाको बाढीमा हालसम्म १ हजार ११४ मृत्यु, ३ हजार ९१६ जना सम्पर्कविहीन

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १...

देशका विभिन्न सडकको अवस्था यस्तो छ

    नेपाल प्रहरीले लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लाका सडक तथा राजमार्ग...

भोटेकोशी बाढी : २५ अर्ब ८७ करोडको बीमा दाबी

    गत बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको क्षतिको हालसम्म २५...