बिप्लवका प्रभावशाली नेता एमालेमा प्रवेश



हाम्रो इकोनोमि

 

 

नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेकपा माओवादीका प्रभावशाली नेता एमाले प्रवेश गरेका छन । एमाले महासचिव शंकर पोखरेल गृहजिल्ला दाङ आएको बेला बिप्पलव समुहका प्रभावशाली नेता सहदेब थारु बिहानी एमाले प्रवेश गर्नुभएको हो ।

घोराही १४ निवासी थारुलाई एमाले महासचिव तथा लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शंकर पोखरेलले अविर र खादा लगाएर पार्टीमा स्वागत गर्नुभएको छ । महासचिव पोखरेलसँगै अन्य नेताहरुले पनि उहाँलाई एमालेमा स्वागत गर्नुभएको छ । नेपाली कम्युनिष्ट आन्दोलन र समृद्धीको अभियानमा सघाउन आफू एमाले रोज्न पुगेको थारुले बताउनु भयो ।

‘एमालेबाहेक अरु दलबाट मुलुकको उन्नती संभव छैन भन्ने तथ्यहरु प्रष्ट भइसकेपछि अरु दलतिर बसिरहनुको औतित्य छैन भनेर नै यो पार्टी रोजेको हो,’ एमाले प्रवेश गरेपछि थारुले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...