एमाले काठमाण्डौ जिल्लाको पदाधिकारीको पदभार ग्रहण



हाम्रो इकोनोमि

 

 

 

 

नेकपा एमाले काठमाण्डौ जिल्लाको छैटौ अधिवेसनबाट निर्वाचित पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन। काठमाण्डौ महानगरपालिका वडा नं ४ मा रहेको जिल्ला कमिटीको कार्यालयमा नवनिर्वाचित अध्यक्ष दीपक निरौला ,उपाध्यक्ष नवराज पराजुली ,सचिव राजेश शाक्य र उपसचिवहरु तेज प्रसाद ढकाल र बिन्दु महर्जनले पद बहाली गरेका हुन।

नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा इन्चार्ज कृष्णगोपाल श्रेष्ठ,पोलिटब्युरो सदस्य तथा सहइन्चार्ज कृष्ण राई ,केन्द्रीय सदस्य तथा सहइन्चार्जहरु नारायण सिलवाल,विद्यासुन्दर शाक्य,रुपनारायण श्रेष्ठ,सरिता न्यौपाने र प्रदेस कमिटी सदस्य गणेश प्रसाद दुलाल लगायतको उपस्थितिमा भएको कार्यक्रममा छैटौ जिल्ला अधिवेसनको निर्वाचन समितीले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमाण पत्र समेत वितरण गरेको थियो।

 

त्यस्तै पद बहाली पश्चात बसेको काठमाण्डौ जिल्ला कमिटीका पदाधिकारीहरुको पहिलो बैठक बसेको थियो। जिल्ला कमिटीका अध्यक्ष दीपक निरौलाको अध्यक्षतामा बसेको पहिलो बैठकले धन्यवाद ज्ञापन,रास्ट्रीय सभा निर्वाचन,स्थानीय तहको निर्वाचन ,मातहत रहेका कमिटीहरुको कार्यालय व्यवस्थापन र कोभिड १९ सम्बन्धि विशेष निर्देसन लगायतका विषयमा छलफल गरेर विभिन्न निर्णय गरेको छ ।

नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीका पदाधिकारीहरुकी प्रथम बैठकका निर्णयहरु

 

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...