माओवादीको उपाध्यक्ष नै एमालेमा प्रवेश



हाम्रो इकोनोमि

 

 

पछिल्लो समय सुदुरपच्चिम प्रदेशमा नेकपा माओवादी केन्द्रका प्रभावशाली हस्तीहरु धमाधम एमाले भित्रन थालेका छन । एमाले सचिव लेखराज भट्टले माओवादीमा रहेका इमान्दार जति सवै भित्र्याउने अभियान चलाउनु भएपछि पुपकमल दाहाल प्रचण्डको भ्रमबाट मुक्त भएको भन्दै एमाले प्रवेश गर्नेको लहर चलेको हो ।

यही क्रममा प्रचण्डका दाहिने हात मानिने गोदावरी नगरपालिका–४ माओबादी केन्द्रका उपाध्यक्ष नरेश बहादुर सिंह आफ्नो टीमसहित नेकपा एमाले प्रबेश गर्नुभएको छ । सिंहलाई एमाले सचिव लेखराज भट्टको उपस्थितीमा एमालेमा प्रबेश गराइएको हो । सचिब भट्टले उहाँलाई खादा र अबिर लगाएर एमालेमा स्वागत गर्नुभएको थियो । सो क्रममा भट्टले अव सुदुरपश्चिममा मात्रै नभई देशभरका माओवादीमा रहेका इमान्दार नेता कार्यकर्ता एमालेमै फर्कनुको बिकल्प नरहेको बताउनु भयो ।

एमाले प्रवेश गरेपछि सिंहले प्रचण्ड मुलुककै समस्या हो भन्ने कुरा पुष्टि भएको र आफ्नो भ्रम पनि टुटेकोले एमाले रोजेको बताउनु भयो । मोओबादी केन्द्रको निती, बिचार र सिद्धान्त मुलुक बनाउने होइन, बिगार्ने र अस्थिरता मच्चाउने रहेको तथ्य बोध गरेपछि सो पार्टी परित्याग गरेको सिंहले बताउनु भयो ।

पार्टी प्रबेश कार्यक्रममा नेकपा एमाले गोदावरी नगरकमिटी अध्यक्ष गोकर्ण भट्ट, वडा नम्बर ४ का वडा अध्यक्ष रबिन्द्र रोक्का मगर, जिल्ला कमिटी सदस्य हितेश ओझा लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
घरायसी र अत्यावश्यक क्षेत्रमा मात्र ग्यास वितरण गर्ने तयारी

     पृथ्वी राजमार्गको कृष्णाभिर खण्डमा त्रिशूली नदीले सडक कटान गरेपछि काठमाडौं उपत्यका...

रसुवाको बाढीमा हालसम्म १ हजार ११४ मृत्यु, ३ हजार ९१६ जना सम्पर्कविहीन

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १...

देशका विभिन्न सडकको अवस्था यस्तो छ

    नेपाल प्रहरीले लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लाका सडक तथा राजमार्ग...

भोटेकोशी बाढी : २५ अर्ब ८७ करोडको बीमा दाबी

    गत बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको क्षतिको हालसम्म २५...