माओवादीको उपाध्यक्ष नै एमालेमा प्रवेश



हाम्रो इकोनोमि

 

 

पछिल्लो समय सुदुरपच्चिम प्रदेशमा नेकपा माओवादी केन्द्रका प्रभावशाली हस्तीहरु धमाधम एमाले भित्रन थालेका छन । एमाले सचिव लेखराज भट्टले माओवादीमा रहेका इमान्दार जति सवै भित्र्याउने अभियान चलाउनु भएपछि पुपकमल दाहाल प्रचण्डको भ्रमबाट मुक्त भएको भन्दै एमाले प्रवेश गर्नेको लहर चलेको हो ।

यही क्रममा प्रचण्डका दाहिने हात मानिने गोदावरी नगरपालिका–४ माओबादी केन्द्रका उपाध्यक्ष नरेश बहादुर सिंह आफ्नो टीमसहित नेकपा एमाले प्रबेश गर्नुभएको छ । सिंहलाई एमाले सचिव लेखराज भट्टको उपस्थितीमा एमालेमा प्रबेश गराइएको हो । सचिब भट्टले उहाँलाई खादा र अबिर लगाएर एमालेमा स्वागत गर्नुभएको थियो । सो क्रममा भट्टले अव सुदुरपश्चिममा मात्रै नभई देशभरका माओवादीमा रहेका इमान्दार नेता कार्यकर्ता एमालेमै फर्कनुको बिकल्प नरहेको बताउनु भयो ।

एमाले प्रवेश गरेपछि सिंहले प्रचण्ड मुलुककै समस्या हो भन्ने कुरा पुष्टि भएको र आफ्नो भ्रम पनि टुटेकोले एमाले रोजेको बताउनु भयो । मोओबादी केन्द्रको निती, बिचार र सिद्धान्त मुलुक बनाउने होइन, बिगार्ने र अस्थिरता मच्चाउने रहेको तथ्य बोध गरेपछि सो पार्टी परित्याग गरेको सिंहले बताउनु भयो ।

पार्टी प्रबेश कार्यक्रममा नेकपा एमाले गोदावरी नगरकमिटी अध्यक्ष गोकर्ण भट्ट, वडा नम्बर ४ का वडा अध्यक्ष रबिन्द्र रोक्का मगर, जिल्ला कमिटी सदस्य हितेश ओझा लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...