प्रतिनिधिसभा भंगगर्न देउवालाई प्रचण्डको दवाब



हाम्रो इकोनोमि

 

 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनको समन्वय समितिको बैठकमा मंगलबार स्थानीय चुनावअघि नै संघीय निर्वाचनमा जान प्रस्ताव गरेका थिए। विहीबार फेरि सोही प्रस्तावमाथि छलफल चलाउने तयारी रहेको छ। चुनावमा जानका लागि तत्कालिन केपी शर्मा ओली सरकारले दुई पटक विघटन गरेको प्रतिनिधि सभा फेरि पनि भंग गर्नुपर्ने हुन्छ र यसपटक सहमतिलाई हतियार बनाउन सकिने प्रचण्डको बुझाई छ।

प्रचण्डको प्रस्तावमा नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा सत्ता गठबन्धनका तर्फबाट सकारात्मक छन् भने जनता समाजवादी पार्टीको सहमति छैन।

तर प्रचण्डले त्यसो गर्नका लागि दुई प्रमुख कारणलाई अगाडि सारेका छन्। उनले प्रमुख प्रतिपक्षी दल एमालेले सदन चल्न नदिएका कारण कतिपय कानुन पारित गर्न नसकिएको बताएका छन्। यद्यपि यसलाई खास कारण भने मान्न नसकिने धेरैको बुझाई छ। जसरी बजेट प्रतिस्थापन विधयेकलगायत पारित भएका छन्, त्यसरी नै कानुन पनि पारित गर्न सकिने अवस्था हुँदाहुँदै प्रचण्डको यो प्रस्ताव आउनुका पछाडि अन्य दुई कारण छन्।

पहिलो– अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशनको दबाब र अर्कोचाहिँ सत्ता गठबन्धन भत्किँदा माओवादीको जनाधार अति नै कमजोर हुने।

हालै मात्र ओलीसँग प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको भेटले गठबन्धन भत्काउन सक्ने आँकलन गरेपछि प्रचण्डले यस्तो प्रस्ताव गरेका हुन्। जसले गठबन्धन पनि जोगिने र ओलीले गरेको विघटनको निर्णयको औचित्यसँगै माधवकुमार नेपालको पार्टीको आधिकारिकता जोगिने पनि प्रचण्डको बुझाई छ।

‘कांग्रेस र नेकपा एकीकृत समाजवादीसँग मिलेर चुनावमा जाने तयारीमा प्रचण्डको. यस्तो प्रस्ताव आएको हो’, उच्च स्रोतले भन्यो,‘अझ एक बर्ष बाँकी हुँदाहुँदै तत्कालै चुनावमा जानुपर्छ भन्ने तर्क एमसीसीको दबाब पनि रहेको छ।

स्थानीय तहको निर्वाचनको मिति आजभोली नै तोक्नुपर्ने अवस्थामा सरकार रहेको छ। स्थानीय तहको निर्वाचनमा नै गठबन्धन भत्किने र राजनीतिले नयाँ मोड लिन सक्ने त्रासमा प्रचण्ड रहेका छन्। संघीय संसदको चुनाव त्यसअघि नै भएको खण्डमा स्थानीय तहको चुनावसम्ममा गठबन्धन जोगाउन सकिने विषयमा प्रचण्ड ढुक्क हुँदा नयाँ प्रस्ताव ल्याइएको हो।

प्रतिक्रिया दिनुहोस
कांग्रेस सिध्याउने खलनायक गगन थापा हुन : मोहन बस्नेत

     नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले विशेष महाधिवेशनबाट आएकाे नेतृत्वले पार्टीलाई इतिहासकै...

कांग्रेस इतर समूहको शक्ति प्रदर्शन विराटनगरमा

    नेपाली कांग्रेसको संस्थापन इतर पक्षको भेला विराटनगरमा सुरू भएको छ ।...

असारका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

  असार महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जेठको...

एमालेको ‘६ ज’ केन्द्रित मिसन जागरण अभियान

    नेकपा एमालेले केन्द्रीय सदस्यहरुलाई पार्टीको गुमेको साख फर्काउदै आगामी स्थानीय र...