कोरोनाविरुद्धको खोप हराउँदा सरकार किन चुपचाप ?



हाम्रो इकोनोमि

 

 

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)की अध्यक्ष सुनिता बरालले महामारीका बीच कोरोना भाइरसविरुद्धको खोप हराउँदा सरकार किन चुपचाप बसेको भन्दै प्रश्न गरेकी छिन् ।

सामाजिक सञ्जाल फेसबुकमा केहीबेरअघि आफ्नो धारणा सार्वजनिक गर्दै बरालले जनता हतास मानसिकता र चरम अभावमा छटपटाइरहेको अवस्थामा २४ लाख डोज खोज हराउँदा चुपचाप बसेकोप्रति आक्रोश व्यक्त गरेकी छिन् ।

‘सरकार– महामारी छ खोप हराउँदा किन चुप छौ,’ प्रश्न गर्दै उनले लेखेकी छिन्, ‘देश मिचिरहेको छ किन मुकदर्शक छौ ? बजारमा महंगी आकासियो अनुगमन र नियन्त्रण खोइ ? जनता हतास मानसिकता र चरम अभावमा बाँचिरहेका छन् यसबेला राहत दिने त अपेक्षा बाँकी रहेन पेट्रोलको मूल्य वृद्धि गरेर के बहादुरी देखाउन खोजेको हो ?’

उनले पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि तत्काल फिर्ता लिन पनि सरकारलाई आग्रह गरेकी छिन् । ‘मूल्य वृद्धि फिर्ता गर, जनता राज्य छ भन्ने अनुभुति दिलाउ,’ उनले अगाडि लखेकी छिन्, ‘सामान्य पनि जवाफदेहिता देखाउन नसक्ने सरकार र त्यसका सारथीहरु जो राजनितिक अपराध गरेर राज्य सञ्चालनको धज्जि उडाइरहेका छन् आउनुस आफ्नु अधिकारको खोजी र राज्यलाई जवाफदेही बनाउन आ–आफ्नु ठाउँबाट जुटौ !’

हालसम्म नेपालले प्राप्त गरेको कुल खोपमध्ये करिब २४ लाख खोप तथ्यांकबाट हराएको, भारतले सीमा मिचेर नेपाली भूमिमा सडक बनाउँदा बोल्न नसकेको तथा पेट्रोलियम पदार्थ हिजो बुधबार भएको मूल्यवृद्धिलगायत विषयतर्फ शंकेत गर्दै बरालले यस्तो टिप्पणी गरेकी हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार खोप आएको, लगाएको र लगाउन बाँकी खोपको यकिन त‍थ्याङ्क मिल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...