प्रेस चौतारी नेपालको सवै अधिवेशन स्थगित



हाम्रो इकोनोमि

 

 

प्रेस चौतारी नेपालले कोरोना महामारीको कारण पूर्वनिर्धारित सवै अधिवेशन स्थगित गरेको छ । सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड र एमालेको आन्तरिक निर्देशनका आधारमा सवै अधिवेशन अर्काे सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले जनाउनु भएको छ । अध्यक्ष बस्नेतले आज बिज्ञप्ती जारी गर्दै पोखरामा यही माद्द २२ र २३ गतेका लागि तोकिएको नवौं राष्ट्रिय महाधिवेशनसहित पूर्वनिर्धारित सवै प्रदेश र जिल्ला अधिवेशन स्थगित गरिएको जनाउनु भएको छ ।

‘कोरोना महामारी बढेसँगै नेपाल सरकारले स्वास्थ्य मापदण्ड जारी गर्दै २५ जना भन्दा बढीको भौतिक उपस्थितिमा कुनै पनि कार्यक्रम नगर्न निर्देशन समेत दिएको छ । पछिल्लो समय कोरोनाबाट राजनीतिक दलका शीर्ष नेतादेखि हाम्रो गौरवशाली संगठन अवस्थाका कारण प्रेस चौतारी नेपालको थुप्रै साथीहरु संक्रमित हुनुभएको छ । जस्को कारण पूर्वनिर्धारित कार्यक्रमहरु स्थगनको निर्णयमा पुग्न हामी बाध्य भएका छौं । कोरोना महामारी नियन्त्रण र रोकथामका सन्दर्भमा नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड र नेकपा (एमाले) केन्द्रीय कार्यालयले मिति २०७८ माघ ३ गते जारी गरेको निर्देशनअनुसार प्रेस चौतारी नेपालको पूर्वनिर्धारित नवौं राष्ट्रिय महाधिवेशनलगायत सवै अधिवेशनहरु अर्काे सूचना जारी नहुँदासम्मका लागि स्थगित गरिएको छ,’ अध्यक्ष बस्नेले जारी गर्नुभएको बिज्ञप्तीमा भनिएको छ ।

यस्तो छ बिज्ञप्ती

मिति : २०७८ माघ ३

प्रेस बिज्ञप्ती
हाम्रो गौरवशाली संगठन प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशन २०७८ माघ २२–२३ गते गण्डकी प्रदेशको पोखरामा आयोजना गर्ने निर्णय गरेको सवैमा बिदितै छ । गत पुस १२–१३ गते लुम्बिनीमा सम्पन्न केन्द्रीय कमिटी बैठकबाट निर्णय गरी हामी महाधिवेशनको तयारीमा जुटेको बेला मुलुकमा कोरोना संक्रमण निकै बढदै गइरहेको छ । जस्ले गर्दा महाधिवेशनको तयारीमा समेत गम्भीर असर परेको छ । कोरोना महामारी बढेसँगै नेपाल सरकारले स्वास्थ्य मापदण्ड जारी गर्दै २५ जना भन्दा बढीको भौतिक उपस्थितिमा कुनै पनि कार्यक्रम नगर्न निर्देशन समेत दिएको छ ।

पछिल्लो समय कोरोनाबाट राजनीतिक दलका शीर्ष नेतादेखि हाम्रो गौरवशाली संगठन अवस्थाका कारण प्रेस चौतारी नेपालको थुप्रै साथीहरु संक्रमित हुनुभएको छ । जस्को कारण पूर्वनिर्धारित कार्यक्रमहरु स्थगनको निर्णयमा पुग्न हामी बाध्य भएका छौं । कोरोना महामारी नियन्त्रण र रोकथामका सन्दर्भमा नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड र नेकपा (एमाले) केन्द्रीय कार्यालयले मिति २०७८ माघ ३ गते जारी गरेको निर्देशनअनुसार प्रेस चौतारी नेपालको पूर्वनिर्धारित नवौं राष्ट्रिय महाधिवेशनलगायत सवै अधिवेशनहरु अर्काे सूचना जारी नहुँदासम्मका लागि स्थगित गरिएको छ । संगठनका सवै साथीहरुलाई स्वास्थ्य मापदण्ड अपनाएर आफ्नो पेशागत काम गर्न र सवै कमिटीहरुलाई दैनिक गतिबिधि अघि बढाउन पनि आग्रह गर्दछु ।

गणेश बस्नेत
अध्यक्ष

प्रतिक्रिया दिनुहोस
प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...

गोली हानेर एक जना शिक्षकको हत्या

  संखुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको...

३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...