तराई-मधेसमा माओवादीमा पहिरो, एमालेमा प्रवेश गर्नेको लर्को



हाम्रो इकोनोमि

 

 

रौतहटमा नेकपा माओवादी केन्द्रबाट मात्रै नभई जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का जनप्रतिनिधिसमे एमाले रोज्न थालेका छन । पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नेपाली क्रान्ति र समृद्धि अभियान अघि बढन नसक्ने भन्दै प्रभु साहले नेकपा एकताको निरन्तरताका रूपमा एमाले रोजेसँगै रौतहटमा अन्य पार्टीबाट एमाले प्रवेश गर्नेहरुको लहर नै चलेको हो ।

यही क्रममा रौतहटमा निर्वाचित अधिकांश जनप्रतिनिधिले एमाले रोजिसकेका छन् । पछिल्लो समय जसपा र लोसपाका नेता कार्यकर्तासँग साहले संवाद बढाइरहेका बेला दोवाही गोनाही नगरपालिका १ का वडाध्यक्ष शेखर नुरुल्लाह आफ्नो सिंगो टीमसहित नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

तत्कालीन मधेशी जनअधिकार फोरमबाट निर्वाचित वडाध्यक्ष नुरुल्लाह हाल जसपामा हुनुहुन्थ्यो । सो क्षेत्रका लाृकप्रिय नेताका रुपमा परिचित नरुल्लाह शनिवार एमाले प्रवेश गर्नुभएको हो । उहाँलाई एमाले उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीमा स्वागत गर्नुभएको छ ।

मौलापुर नगरपालिका २ मर्यादापुरमा नवनिर्मित एकीकृत दलित बस्तीको उद्घाटन तथा घर हस्तान्तरण कार्यक्रममा साहसहित पुग्नुभएका नेताहरुले उहाँलाई स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...