बतासले कब्जा गरेको पशुतपति धर्मशाला फिर्ता ल्याउने तयारी, मन्त्री आले पशुपति जाँदै



हाम्रो इकोनोमि

 

 

सरकारले बतास समूहले कब्जा गरेको पशुपतिको धर्मशाला पनि फिर्ता लिने तयारी थालेको छ । भारत सरकारले पशुपति आउने तिर्थयात्राीका लागि निर्माण गरिदिएको धर्मशाला बतासले कब्जा गरेर होटल आनन्द चलाइरहेको छ भने उसको आफ्नो कार्यालय पनि त्यहीँबाट सञ्चालन गरिरहेको छ ।

पशुपति क्षेत्र विकास कोषको १९ रोपनी जग्गामा भारतीय सहयोगमा निर्माण भएको ३ तलाको ४ सय बेड रहेको ‘पशुपति धर्मशाला’मा बतासले कब्जा गरेको हो । उक्त धर्मशालाको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त रूपमा उद्घाटन गरेका थिए ।

करिब ३४ करोड रूपैयाँमा निर्माण भएको धर्मशाला कौडीमा भाडामा लिएर उसले सम्झौता विपरित संरचनाहरू परिवर्तन गरेर होटल चलाइरहेको छ। पशुपति क्षेत्र विकास कोषका पदाधिकारी र कर्मचारीलाइ मोटो रकम दिएर बतासले सम्झौता विपरितको काम गरेको हो ।

आइतबार संस्कृति पर्यटन तथा नगरिक उड्डयन मन्त्री प्रेम बहादुर आले धर्मशालाको निरीक्षणमा जाँदैछन । नारायणहिटी दरबार संग्राहलयबाट बतासलाइ निकालेका आलेले धर्मशालाबाट पनि बतासलाइ हटाउन चाहेको मन्त्रालय स्रोतले जनाएको छ । उनी बिहान ११ बजे सञ्चारकर्मीसहित त्यहाँ पुग्दैछन ।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...