गठबन्धनमा खटपट, खतरनाक चाल चल्दै देउवा



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री शेरबहादुर देउवा पाँच दलीय गठबन्धन तोड्ने तयारीमा देखिनुभएको छ। अमेरिकी सहयोग सम्झौता (एमसीसी) को कारण पाँच दलीय गठबन्धनमा खटपट सुरु भएको समाचार आईरहेको बेला प्रधानमन्त्री देउवाले पनि त्यस्तै तयारी थालेको बुझिएको हो ।

प्रधानमन्त्री देउवाले पार्टीभित्रका आफूनिकट नेताहरुसँग पनि गठबन्धन तोड्नेबारे छलफल समेत गरेको एक स्रोतले बतायो। कांग्रेसका एक नेताकाअनुसार एमसीसीका कारण गठबन्धन लामो समयसम्म जान नसक्ने निश्कर्षमा प्रधानमन्त्री देउवा स्वयम पुग्नुभएको छ । प्रधानमन्त्री देउवाले बैशाखमा स्थानीय तहको निर्वाचनको तयारी पनि गर्नुभएको छ ।

तर, स्थानीय तहको निर्वाचनअघि नै प्रधानमन्त्री देउवाले संसद्को निर्वाचन गराउन खोज्नुभएको छ। उहाँले अब संसद्को निर्वाचनको तयारीमा जुट्नसमेत पार्टीका नेताहरुलाई भनिसकेको स्रोत बताउछ । एमसीसी पास गराउनको लागि सत्तारुढ दलभित्रै एकरुपता नभएकोले प्रधानमन्त्री देउवाले गठबन्धन तोडेर जाने निश्कर्ष निकाल्नुभएको हो ।

तर, सत्तारुढ दलका नेताहरु पुष्पकमल दाहाल र माधव कुमार नेपालले भने पछिल्लो सार्वजनिक कार्यक्रममा एमसीसीकै कारण गठबन्धन नटुट्ने र आगामी निर्वाचनसम्म नै गठबन्धन कायम रहने बताउँदै आएपनि कांग्रेसका शीर्ष नेताहरुले अबको निर्वाचनमा कसैसँग पनि गठबन्धन नगर्ने बरु एक्लै लड्ने बताउन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस
नबिल बैंकको केन्द्रीय कार्यालयमा नर्सिङ रुमको सुरुवात

    नबिल बैंक लिमिटेडले तीनधारास्थित केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात गरेको...

बागमतीका मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा छापा

    बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागले...

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुन: स्वीकृतिका लागि राष्ट्रपतिलाई पठाउने

  सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पुन: सिफारिस गरेको छ ।...

सरकारद्वारा ५२ मिलियन अमेरिकी डलर ऋण स्वीकार

    सरकारले विश्व बैंकबाट प्राप्त हुने ५२ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण...