ललित कला प्रज्ञा–प्रतिष्ठानलाइ आवश्यक पर्ने बजेटको व्यवस्था गर्छु : मन्त्री आले



हाम्रो इकोनोमि

 

 

 

 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल ललित कला प्रज्ञा–प्रतिष्ठानलाई आवश्यक पर्ने बजेटको व्यवस्था गर्ने बताउनु भएको छ । उक्त प्रष्ठिानले आज बिहिबार आयोजना गरेको चित्रकला प्रदर्शनी कार्यक्रममा बोल्नु हुँदै मन्त्री आलेले कला, संस्कृतिको जगेर्ना गर्न तथा कलाकारिताको विकास गर्नका लागि भएपनि ललित कला प्रज्ञा–प्रतिष्ठानलाई आवश्यक पर्ने बटेजको व्यवस्था गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “देश चिनाउने भनेकै कलाकारिता हो, कला, संस्कृतिको जगेर्ना गर्न र विकास गर्न चाहिने जती बजेटको व्यवस्था गर्छु ।”

सोही कार्यक्रममा बोल्नु हुँदै मन्त्री आलेले कला भनेको गहाना भएको र कलाकारहरुको हौसला बढाउनका लागि आफु सधै अग्रसर तथा प्रतिबद्ध रहने समेत बताउनुभयो । उहाँले थप भन्नुभयो, “नेपालको कलाकारिता देश बिदेशमा चिनियोस, त्यसका लागि मैले के गर्नु पर्छ, म सहयोग गर्न तयार छु ।” उक्त कार्यक्रममा बोल्नु हुँदै नेपाल ललित कला प्रज्ञा–प्रतिष्ठानका कुलपति केके कर्माचार्यले बजेट अभाबमा नेपालका कलाकारले आफ्नो प्रतिभा देखाउन नसकेको गुनासो गर्नु भयो । उहाँले भन्नुभयो, “हामीसँग असङ्ख्य कला छ, तर बजेट नभएका कारण ती कलाहरु बाहिर ल्याउन सकिएका छैनन, बजेटको व्यवस्था भए हामी हाम्रा कलाहरु देश बिदेशमा चिनाउन सफल हुन्छौँ ।”

ललित कला प्रज्ञा–प्रतिष्ठानले कलाकारले हातले बनाएर प्रर्दनमा राखेका चित्र (आर्ट) हरुको मन्त्री आलेले अवलोकन समेत गर्नु भएको थियो । चित्रहरु निकै राम्रा तथा उपयोगी भएको भन्दै मन्त्री आलेले चित्रकारहरुको प्रशंसा समेत गर्नु भएको थियो । दुइ वटा आर्ट गरिएका चित्रहरु किनेर समेत लैजानु भएको थियो । सोही कार्यक्रममा मन्त्री आलेलाई ललित कला प्रज्ञा–प्रतिष्ठानले आफ्नो पुस्तक तथा आफ्नो वार्षिक बजेटका विषयमा जानकारी सहितको किताब समेत हस्तान्तरण गरेको थियो । विमल विष्ट

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...