भक्तपुरमा ट्याटु खोपाउन गएका एक पुरूषको मृत्यु



हाम्रो इकोनोमि

 

भक्तपुरमा ट्याटु खोपाउन गएका एक पुरूषको मृत्यु भएको छ।  बुधबार मध्यपुरथिमी नगरपालिका-१ लोकन्थली घर भई काठमाडौंको कोटेश्वर बस्ने ३३ वर्षीय बिराज खड्काको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।

उनी गएराति साढे ९ बजे लोकन्थली मनहरा आँखा अस्पताल नजिकै रहेको आरूष मल्लले सञ्चालन गरेको इन्क ट्याटुमा ट्याटु खोपाउन गएका थिए।  उनी त्यहाँ पुग्दा अरू ग्राहकहरूले पनि ट्याटु खोपिरहेका थिए। अरूले नै ट्याटु खोपिरहेको हुँदा उनी त्यहाँ पालो कुरिरहेका थिए।

प्रहरी नायब उपरीक्षक पाण्डेका अनुसार ट्याटु सञ्चालक आरूष र खड्काबीच सामान्य चिनजान पनि थियो। ‘रातितिर ट्याटु खोपाउन भनेर गएका थिए। त्यहाँ अरू पनि ट्याटु हानिरहेका थिए,’ पाण्डेले भने, ‘खड्काको पालो आइसकेको थिएन। उनी कुर्दाकुर्दै बेहोस भएका रहेछन्।’

बेहोस भएपछि आरूषले तत्कालै नजिकै रहेका खड्काको परिवारलाई सम्पर्क गरेको पाण्डेले बताए।  त्यसपछि खड्कालाई तत्कालै केएमसी अस्पताल सिनामंगलमा लगिएको थियो। त्यहाँ उपचारको क्रममा उनको मध्यराति सवा १२ बजे मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

अस्पतालमा ट्याटु सञ्चालक र आफन्तहरू दुबै पुगेका थिए। यस घटनाको अनुसन्धान महानगरीय प्रहरी वृत्त थिमीले गरिरहेको छ।  प्रहरीले ट्याटु पसल सञ्चालक आरूषसहित केहीलाई सोधपुछको लागि वृत्तमा बोलाएको छ।

खड्का दमका बिरामी थिए। उनले ‘इनहेलर’ समेतको प्रयोग गर्ने गरेको मध्यपुर थिमी वृत्तले जनाएको छ। उनी धेरै मादक पदार्थ सेवन गर्ने गरेको हुँदा केही समय सुधार केन्द्रमा समेत बसेर आइसकेको प्रहरीले जनाएको छ।

हाल पोष्टमार्टमको लागि शव केएमसी अस्पतालमा राखिएको छ। पोष्टमार्टमपछि नै मृत्युको कारण थाहा हुने प्रहरी नायब उपरीक्षक पाण्डेले बताए।

‘अहिले मृत्युको कारण खुलिसकेको छैन। पोष्टमार्टमको लागि अस्पताल लगिएको छ। रिपोर्ट आएपछि थाहा हुन्छ,’ उनले भने, ‘यसमा अरू कसैको संलग्नता भएको अहिलेसम्म बुझिएको छैन। शंकास्पद केही पाइसकेको अवस्था छैन।’

प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान अघि बढाएको बताएको छ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस सिध्याउने खलनायक गगन थापा हुन : मोहन बस्नेत

     नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले विशेष महाधिवेशनबाट आएकाे नेतृत्वले पार्टीलाई इतिहासकै...

कांग्रेस इतर समूहको शक्ति प्रदर्शन विराटनगरमा

    नेपाली कांग्रेसको संस्थापन इतर पक्षको भेला विराटनगरमा सुरू भएको छ ।...

असारका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

  असार महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जेठको...

एमालेको ‘६ ज’ केन्द्रित मिसन जागरण अभियान

    नेकपा एमालेले केन्द्रीय सदस्यहरुलाई पार्टीको गुमेको साख फर्काउदै आगामी स्थानीय र...