समयमा उपनिर्वाचन नगराउनु सरकारको असक्षमता हो : प्रभु साह



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री प्रभु साहले संविधान अनुसार समयमा उपनिर्वाचन नगराउनु सरकारको असक्षमता रहेको बताएका छन् । मंगलबार बीरगंजमा एमालेको आठौँ पर्सा जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता साहले हारको डरले गठबन्धन सरकारले उपनिर्वाचन नगराएको बताए ।

विभिन्न जालझेल तथा षड्यन्त्रपूर्ण ढंगले परमादेशबाट आएको सरकार जनतामाझ जानबाट डराएको पुष्टि भएको उनको भनाई छ । एउटै विधि मानेर राष्ट्रिय सभाको चुनाव गर्न सक्ने सरकारले ६ महिनाभित्र अनिवार्य चुनाव गर्नुपर्ने संवैधानिक व्यवस्था लत्यानुले गठबन्धन सरकार जनताबाट बहिष्कृत रहेको पुष्टि भएको नेता साहले जीकिर गरे ।

‘पछिल्लो राजनीतिक उतारचढावको नतिजास्वरुप देशका विभिन्न क्षेत्र आज प्रतिनिधि विहीन छ । संविधानले नै एक वर्ष कार्यकाल बाँकी रहेको अवस्थामा अनिवार्य रुपमा ६ महिना भित्र उप निर्वाचन गर्नुपर्ने व्यवस्था छ’ साहले भने, ‘विभिन्न षड्यन्त्रपूर्ण ढंगबाट बनेको परमादेशी गठबन्धन सरकार जनताबाट डराईरहेको छ । चुनाव हारिन्छ कि भन्ने त्रासका बीच यो जनविरोधी सरकारले उपनिर्वाचन गर्न नचाहेर पुष्टि गरेको छ कि वर्तमान सरकार जनताबाट बहिष्कृत सरकार हो ।’

‘उहीँ विधि पद्धति मानेर राष्ट्रियसभा निर्वाचन गर्न सक्ने सरकार आखिर उपनिर्वाचन किन गर्न चाहिरहेको छैन् रु जनताको हकको हनन गर्न पाईदैन, सरकारसँग थोरै पनि नैतिकता बाँकी छ भने उपनिर्वाचन गराओस । यो गठबन्धनलाई जनताले असली हैसियत देखाईदिने छन्’ उनले भने ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...