डेरा सार्दै पुष्पकमल दाहाल प्रचण्ड



हाम्रो इकोनोमि

 

 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बिलासी जीवनमाथि नै महाधिवेशनका दौरान प्रश्न उठेको थियो। फरक मत राख्ने लेखनाथ न्यौपानेले लिखित र अन्य केही नेताले बन्द सत्रमा उक्त विषय उठान गरेका थिए। माओवादीको आठौँ महाधिवेशनमा सहभागीहरूले अध्यक्ष प्रचण्ड ठेकेदारको घरमा बसेको भन्दै डेरा सर्न माग गरपछि उनी झुपडीमा पनि बस्न सक्ने जवाफमा उत्रिए ।

प्रचण्डको जीवनशैली पार्टी र कम्युनिस्ट आदर्शअनुसार नभएको सवाल मात्रै उठाएनन्, नेताहरूको सम्पत्ति छानबिन हुनुपर्ने माग पनि गरिएको थियो। जवाफ दिने क्रममा प्रचण्डले आफू झुपडीमा बस्न सक्ने, डेरा सर्नेबारे पनि सोच बनाइरहेको बताएका थिए ।

उनी विवादीत ठेकेदार शारदाप्रसाद अधिकारीको घरमा बस्छन्। उनले आफ्नो नाममा कुनै पनि सम्पत्ति नरहेको बताइरहँदा उठेको यो प्रश्नको सार्वजनिक रुपमा नै ‘बिलासी’ नहुने एउटा अन्तरवार्ताका क्रममा पनि भनेका थिए ।

 

के प्रचण्ड अब बिलासी जीवन छाडेर डेरा सर्न तयार हुन्छन्?

कतिपयले प्रचण्डका लागि पार्टीले अध्यक्ष निवास बनाउन सक्ने पनि तर्क अघि सारेका छन्। त्यसअघि उनले के गर्लान्? भूमिगत हुँदा प्रचण्ड धेरैजसो मध्यपश्चिमका पहाडी जिल्लामा जनताका झुपडीमै बसेको प्रचण्डका तात्कालिक स्वकीय सचिव विकेश श्रेष्ठलाई उदृत गर्दै बीबीसीले लेखेको थियो ।

माओवादी अध्यक्ष आफैँले पनि आफूसहित माओवादी नेताहरूको फेरिएको जीवनशैलीबारे राजनीतिक दस्तावेजमा आत्मालोचना गरेका छन्। उनले नेताहरूको ‘कमिशन, भ्रष्टाचार, यौन अनैतिकता, व्यक्तिवाद, पद र पैसाप्रतिको आशक्ति बढ्दो’ रहेको औँल्याएका छन् । माओवादी अध्यक्ष प्रचण्डको मात्रै नभएर नेतृत्वमा रहेका अधिकांश नेताको जीवनशैलीबारे प्रश्न उठेको थियो। प्रचण्डलाई बिलासी जीवन मात्र नभएर पार्टीमा परिवारवादलाई पनि प्रश्रय दिएको आरोप छ ।

उनी सार्वजनिक भएयताको झन्डै दुई दशक बिलासी डेरामा बसेका थिए। उनले डेढ लाखसम्मको पलङमा सुत्ने गरेको त नयाँबजारमा बस्दा नै चर्चा थियो । लगत्तै उनी विवादीत अर्का व्यापारी अजयराज सुमार्गीको लाजिम्पाटस्थित घरमा बसेका थिए । त्यसबेला पनि उनको आलोचना भएको थियो । पुत्र प्रकाश दाहालको निधनपछि भने उनी खुमलटारस्थित अधिकारीको निवासमा सरेका थिए ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...