प्रतिनिधिसभाको बैठक स्थगित



हाम्रो इकोनोमि

 

 

प्रतिनिधिसभाको बैठक पुनः स्थगित भएको छ। संघीय संसद्का महासचिव डा. भरतराज गौतमले आज (सोमबार) एक सूचना जारी गर्दै बैठक बस्ने दिन परिवर्तन भएको जनाएका हुन्।

पुस २८ गते बुधबार दिउँसो १ बजे बस्ने गरि निर्धारण भएको प्रतिनिधि सभाको बैठक अब माघ ३ गते सोमबार दिनको १ बजे बस्ने गरि निर्धारण गरिएको सूचनामा उल्लेख छ ।

यसअघि पुस १८ मा बैठक तोकिएको थियो। तर, त्यसअघि नै सूचना जारी गरेर पुस २२ का लागि बैठक सारिएको थियो। बैठकको अघिल्लो दिन सूचना निकालेर २८ गते बुधबारका लागि सारिएको थियो। तर, फेरि सूचना निकालेर माघ ३ गतेका लागि सारिएको छ। संसद बैठकमा प्रमुख प्रतिपक्ष नेकपा एमालेले अवरोध गर्दै आएको छ। प्रतिपक्ष दलले आफ्नो माग पुरा नभए सम्म संसद् अवरोध गर्ने स्पष्ट परिसकेको छ।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...