अर्थतन्त्रले अर्को निषेधाज्ञा थेग्न सक्दैन : अर्थमन्त्री शर्मा



हाम्रो इकोनोमि

 

 

अर्थमन्त्री जनार्दन शर्माले कोभिड–१९ को पहिलो र दोस्रो लहरले शिथिल बनेर भर्खर सुधारोन्मुख रहेको अर्थतन्त्रले पुनः अर्को निषेधाज्ञा थेग्न नसक्ने स्पष्ट पारेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको दोस्रो साधारणसभालाई सम्बोधन गर्दै सोमबार अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् ।

अब अर्थतन्त्र प्रभावित नै हुने गरी पुन: निषेधाज्ञा गर्न नहुनेमा उनको भनाइ छ । केही दिन यता कोभिड संक्रमण बढ्दै गएकाले फेरि निषेधाज्ञा हुने हल्ला चलिरहेका बेला अर्थमन्त्रीबाट उक्त अभिव्यक्ति आएको हो ।
उनले भने, ‘विगतमाजस्तो पूर्ण निषेधाज्ञा अब सम्भव छैन। संक्रमणको अवस्था हेरेर सुरक्षाका व्यवस्था मिलाएर अघि बढ्नुपर्छ ।’

बैंकिङ क्षेत्र पारदर्शी भएपनि जुनसुकै अवस्थामा पनि नाफा कुम्ल्याउनु पर्ने प्रवृति कायमै रहेको अर्थमन्त्री शर्माले आरोप लगाए । ‘सामान्य अवस्थामा राम्रो मुनाफा गर्नु अपराध होइन, नाफा व्यवसायको धर्म नै हो,’ उनले भने, ‘तर, मुलुक अप्ठेरो अवस्थामा रहेको बेला पनि नाफा खोज्नु भएन । अप्ठेरो अवस्थामा सबै मिलेर राष्ट्रलाई जोगाउनुपर्छ

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...