‘लकडाउन हुँदैन, हल्लाको पछि नलागौं’



हाम्रो इकोनोमि

 

 

उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुले लकडाउन हुने हल्लाको पछाडि नलाग्न नागरिकहरुलाई आग्रह गरेका छन्। ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले तीनवटै जिल्लाका सीडिओहरुको बैठक नबसेको र तत्कालै कुनै लकडाउन घोषणा गर्ने तयारी नरहेको बताएका हुन्।

संक्रमण बढेसँगै काठमाडौं उपत्यकामा लकडाउन हुने हल्ला व्यापक रुपमा फैलिएको छ। आइतबार थप ११ सय ६७ जनामा संक्रमण पुष्टि भएको छ
संक्रमणका कारण २ जनाले ज्या’न पनि गु’माएका छन्। दैनिक रुपमा संक्रमित हुने ग्राफ उकालो लागेसँगै पुन: लकडाउन हुने हो कि भन्ने हल्ला चलेको छ।

त्यसैका लागि काठमाडौं उपत्यकका तीन जिल्लाका प्रमुखहरुको बैठक बस्ने हल्लासमेत चलेको थियो। ‘हालसम्म यस्तो कुनै बैठक बसेका छैनौं र लकडाउन गर्ने तयारी समेत छैन,’ उपाध्यायले भने।

यता, ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले आइतबार आन्तरिक बैठक बसेको र जिल्लाभरका विद्यालयमा खोप अभियान तीव्र पार्ने निर्णय गरेको जानकारी दिए। उनले पनि हालसम्म कुनै लकडाउन वा निषेधाज्ञा घोषणा गर्ने तयारी नरहेको स्पष्ट पारे।

‘लकडाउन वा अन्य निर्णय गर्न कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठक बस्नुपर्ने हुन्छ। उक्त बैठक हालसम्म बसेको कुनै जानकारी छैन। त्यसैले हामीले लकडाउन गर्ने तयारी पनि गरेका छैनौं,’ उनले भने।

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले पनि हालसम्म लकडाउनको कुनै कार्यक्रम नरहेको बताए। लकडाउन वा निषेधाज्ञाको निर्णय सीसीएमसीको र उपत्यकाका तीन जिल्लाका सीडिओको बैठकपछि मात्र हुने उनले बताए।

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...