आयल निगम कार्यकारी निर्देशक पदका लागि आवेदन खुल्यो



हाम्रो इकोनोमि

 

 

नेपाल आयल निगम लिमिटेडकाे कार्यकारी निर्देशक पदका लागि आवेदन मागिएको छ । कार्यकारी निर्देशक छनोट तथा सिफारिस समितिले आइतबार पदपूर्तिसम्बन्धी सार्वजनिक सूचना निकालेर २१ दिनभित्र आवेदन दिन माग गरिएको छ ।

६५ वर्ष उमेर ननाघेको र स्नातकोत्तर तह उत्तीर्ण गरेको र कुनै संस्था वा निकायको व्यवस्थापकीय जिम्मेवारीको पदमा कम्तीमा पाँच वर्षको कार्य अनुभव गरेकाले व्यक्तिले आवेदन दिन सकिने समितिले जारी गरेको सूचनामा उल्लेख छ ।

निगमले जारी गरेको सूचना

प्रथम पटक प्रकाशित मितिः २०७८/०९/२५ नेपाल आयल निगम लिमिटेडमा रिक्त कार्यकारी निर्देशक पदमा खुल्ला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपुर्ति गर्नुपर्ने भएकोले देहायको योग्यता भएका इच्छुक नेपाली नागरिकहरूवाट यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले २१ दिन भित्र कार्यालय समयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रशासन तथा संस्थान महाशाखा, सिंहदरवार, काठमाडौंमा आवेदन दिन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

१. योग्यता तथा अनुभवः

क. नेपालको नागरिक भएको ।

ख. निगमको कार्य प्रकृतिसँग सम्बन्धित विषय वा प्रशासन, व्यवस्थापन, अर्थशास्त्र, इञ्जिनियरिङ्ग वा कानूनमा मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको र कुनै संस्था वा निकायको व्यवस्थापकीय जिम्मेवारीको पदमा कम्तीमा पाँच वर्षको कार्य अनुभव भएको।।

ग. उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका, २०७८ को दफा ४ बमोजिम अयोग्य नरहेको।

घ. उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका, २०७८ बमोजिम पैंतीस वर्ष पुरा भई पैंसठ्ठी वर्ष उमेर ननाघेको।

२. दरखास्त पेश गर्ने प्रक्रियाः

क. दरखास्तसाथ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका, २०७८ को दफा १० को उपदफा ३ वमोजिमका कागजात तथा विवरण स्वयंले प्रमाणित गरी पेश गर्नुपर्नेछ ।

ख. दरखास्त पेस गर्दा शैक्षिक योग्यता, अनुभव, नेपाली नागरिकताको प्रतिलिपी, वैयक्तिक विवरण र दुई प्रति पासपोर्ट साईजको फोटो तथा निर्देशिकाको दफा १० को उपदफा ४ वमोजिमको व्यवसायिक कार्ययोजना (पाँच हजार शब्दमा नबढ्ने गरी) छट्टै खाममा सिलवन्दी गरी मन्त्रालयको प्रशासन तथा संस्थान महाशाखामा दरखास्तसाथ पेश गर्नुपर्नेछ । सिलवन्दी खाम बाहिर “नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक पदका लागि आवेदन तथा व्यवसायिक कार्ययोजना“ उल्लेख गरेको हुनुपर्नेछ।

व्यवसायिक कार्य योजनाको प्रस्तुतिकरणः

छनौट सूचीमा परेका उम्मेदवारले आफूले पेश गरेको व्यवसायिक कार्ययोजना तोकीएको मिति र समयमा प्रस्तुतिकरण समेत गर्नुपर्नेछ।
दस्तुरः दरखास्त दस्तुर वापत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यालय कोड नं. ३०७००३५०१ राजश्व खाता नं. ००१००१०६२००००० तथा राजश्व शीर्षक १४२२४ मा जम्मा हुने गरी एभरेष्ट बैंक लि. सिंहदरवार शाखामा रु. ५,०००÷(अक्षरेपी पाँच हजार मात्र) वुझाएको सक्कलै भौचर पेश गर्नुपर्नेछ ।

पारिश्रमिकः नेपाल सरकारबाट तोकिए बमोजिम हुनेछ।

अन्य विवरणः

क. उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका, २०७८ बमोजिमको काम कर्तव्य र व्यवसायिक कार्य योजनामा समावेश गर्नुपर्ने विषयका सम्वन्धमा www.moics.gov.np/np बाट जानकारी लिन सकिनेछ ।

ख. यो सूचना बमोजिम प्राप्त भएका दरखास्त छनौट तथा शिफारिस समितिले कुनै कारण उल्लेख गरी वा नगरी रद्द गर्न सक्नेछ।

ग. झुट्ठा विवरण वा कागजात पेश गरेमा आवेदन रद्द हुनुका साथै प्रचलित कानून बमोजिम कारवाही हुनेछ ।

घ. यस सम्वन्धी थप जानकारीका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय प्रशासन तथा संस्थान महाशाखा वा फोन नं. ०१–४२११९६७ मा सम्पर्क गर्न सकिनेछ

 

प्रतिक्रिया दिनुहोस
अब स्थानीय तहबाटै नापी र मालपोतको सेवा

    स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक...

किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम

    किष्ट टिचिङ हस्पिटलले ग्यास्ट्रो विभागको नेतृत्वमा अंग प्रत्यारोपण सेवामा ऐतिहासिक सफलता...

सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो : प्रचण्ड

   नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाइसकेको संसद् रोकेर अध्यादेश...

आयातित वस्तुको एमआरपीमा सरकार लचक

    आयातित मालवस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने व्यवस्थाले...