ओली-देउवाबीच गठबन्धन भत्काउने सहमति



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई गठबन्धन भत्काउने सर्तमा अनेक बचन दिएका छन् । राष्ट्रिय सभा निर्वाचनका लागि गठबन्धन गरेका देउवालाई त्यसअघि नै सदन खुलाउने चटारो छ । ओलीले चुनावअघि गठबन्धन भत्काए कांग्रेसलाई एकल सरकार चलाउन सहयोग गर्ने, एमसीसी पारितका लागि सहयोग गर्नेलगायतका बचन दिएका छन्।

ओलीनिवास बालकोटमा पुगेका प्रधानमन्त्री देउवासँगको वान टु वान वार्तामा यस्ता अफर दिइएको हो । एमसीसी पारित अहिले मुख्य चुनौति र बहस बनिरहेको बेला ओलीको बचनमाथि देउवा विचाराधिन रहेका छन् ।

सत्ता गठबन्धनका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी एमसीसीको पक्षमा छैनन् । एमालेलाई राष्ट्रिय सभामा जिताउनका लागि पनि गठबन्धन भत्काउने अभ्यासमा ओली सक्रिय रहेका छन् । गठबन्धन भएको खण्डमा राष्ट्रिय सभामा एमालेको सिट आउने सम्भावना कम रहेको छ ।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...