ओली-देउवाबीच गठबन्धन भत्काउने सहमति



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई गठबन्धन भत्काउने सर्तमा अनेक बचन दिएका छन् । राष्ट्रिय सभा निर्वाचनका लागि गठबन्धन गरेका देउवालाई त्यसअघि नै सदन खुलाउने चटारो छ । ओलीले चुनावअघि गठबन्धन भत्काए कांग्रेसलाई एकल सरकार चलाउन सहयोग गर्ने, एमसीसी पारितका लागि सहयोग गर्नेलगायतका बचन दिएका छन्।

ओलीनिवास बालकोटमा पुगेका प्रधानमन्त्री देउवासँगको वान टु वान वार्तामा यस्ता अफर दिइएको हो । एमसीसी पारित अहिले मुख्य चुनौति र बहस बनिरहेको बेला ओलीको बचनमाथि देउवा विचाराधिन रहेका छन् ।

सत्ता गठबन्धनका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी एमसीसीको पक्षमा छैनन् । एमालेलाई राष्ट्रिय सभामा जिताउनका लागि पनि गठबन्धन भत्काउने अभ्यासमा ओली सक्रिय रहेका छन् । गठबन्धन भएको खण्डमा राष्ट्रिय सभामा एमालेको सिट आउने सम्भावना कम रहेको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...