देशैभर एमाले प्रवेशको लहर, कांग्रेस–माओवादीमा ठुलो पहिरो



हाम्रो इकोनोमि

 

 

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले संगठन बिस्तारको आक्रामक योजना अघि बढाएसँगै सत्तारुढ दलका नेता–कार्यकर्ता एमाले प्रवेश गर्ने लहर चलेको छ । चितवनमा सम्पन्न दशौं राष्ट्रिय महाधिवेशनपछि मंसिर अन्तिम साता बसेको केन्द्रीय कमिटी बैठकले देशभर संगठन बिस्तार र पार्टी प्रवेश अभियान चलाउने निर्णय गरेपछि कांग्रेस, माओवादी केन्द्र, मधेसवादी दलका प्रभावशाली नेता–कार्यकर्ताहरु एमाले प्रवेश गरेका हुन । पछिल्लो समय एमालेबाट बाहिरिएका माधव नेपाल समुहका नेताहरुसमेत धमाधम एमाले फर्कन थालेका छन ।

यसबीचमा देशैभर सत्तारुढ गठबन्धन त्यागेर एमाले प्रवेशको क्रम ह्वात्तै बढेको छ । समृद्ध नेपाल निर्माण गर्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको नीति र नेतृत्वलाई साथ दिई आगामी निर्वाचनमा एक्लै बहुमत ल्याउने अभियानलाई साथ दिने घोषणासहित एमाले प्रवेशको लहर चलेको हो । यसबीचमा कपिलबस्तु, दाङ, बाँके, गुल्मी, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, चितवन, मकवानपुर, प्यूठान, हुम्लाका माओवादीका प्रभावशाली नेताहरु एमालेमा प्रवेश गरेका छन भने माधव नेपाल नेतृत्वको पार्टीको केन्द्रीय सदस्य नै एमाले फर्किएका छन ।

पछिल्लो पटक बुधवार मात्रै २०६४ सालको संविधानसभा निर्वाचनमा हुम्लाबाट निर्वाचित सभासद रहेका माओवादीका प्रभावशाली नेता छिमी दोर्ची लामा सिंगो टीमसहित एमाले प्रवेश गर्नुभएको छ । उहाँहरुलाई अध्यक्ष ओलीले पार्टीमा स्वागत गर्नुभएको छ । प्रवेश गर्नेमा माओवादीका कर्णाली प्रदेश कमिटीका छ जना सदस्य, जिल्ला कमिटीका ३७ जना सदस्य, जनसंगठनका ४ जना केन्द्रीय सदस्य समेत रहेका छन । यस्तै गुल्मीमा पनि माओवादीका निकै प्रभावशाली नेताले एमाले रोजेका हुन । गुल्मीको छत्रकोट गाउँपालिकामा नेकपा माओवादी केन्द्रबाट गाउँपालिकाका उम्मेद्वारसहित ७० प्रतिशत भन्दा बढी कार्यकर्ता एमालेमा समाहित भएका हुन ।

छत्रकोट गाउँपालिकाका ०७४ सालका गाउँपालिका प्रमुखका उम्मेदवार रामप्रसाद पाण्डे, गाउँपालिका सचिव सरोज पाण्डे, कोषाध्यक्ष इन्दिरा पाण्डेसहित नेकपा माओवादीबाट प्रभावशाली नेताहरुलाई एमाले उपसचिव प्रदीप ज्ञवालीले पार्टीमा स्वागत गर्नुभएको छ । सो गाउँपालिकामा कार्यक्रममा छत्रकोटको खज्र्याङ्ग र दौंघाबाट नेपाली नेपाली कांग्रेसबाट पनि केही प्रभावशालाी नेतासहित सयौं कार्यकर्ता एमालेका प्रवेश गरेका छन ।

नवप्रवेसी नेता–कार्यकर्ताहरुलाई नेकपा एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवालीले पार्टीमा स्वागत गर्नुभयो । एमाले प्रवेश गरेपछि प्रभावशाली नेता रामप्रसाद पाण्डे र सरोज पाण्डेले नेकपा एमालेले अघि बढाएको समृद्धिको अभियान र नेपाली कम्युनिष्ट आन्दोलनलाई थप इटा थप्न प्रवेश गरेको बताउनु भयो । यस्तै मकवानपुरका नेकपा माओवादी केन्द्रका चर्चित नेता बलराम वल पनि एमाले गर्नुभएको छ । नेता बलसहित मकवानपुरका माओवादी नेता कार्यकर्ताहरु एमाले प्रवेश गर्नुभएको हो ।

यसअघि नै पुस ६ गते कपिलबस्तुका चर्चित नेता मंगलप्रसाद गुप्ता आफ्ना समुहसहित नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ । कपिलवस्तुको बहादुगञ्जमा आयोजित पार्टी प्रवेश कार्यक्रममा मंगलप्रसाद गुप्ताको नेतृत्वमा ६ हजारभन्दा बढी कार्यकर्ता र समर्थकहरू नेकपा एमालेमा प्रवेश गर्नुभएको हो । गुप्तासहितका नवप्रवेसीहरूलाई एमाले अध्यक्ष ओलीले पार्टीमा स्वागत गर्नुभएको थियो । यस्तै पूर्वमन्त्री एवं नेकपा एकीकृत समाजवादीका पोलिटव्यूरो सदस्य यदुवंश झा सो पार्टी परित्याग गरी एमालेमै फर्कनु भएको छ ।

प्रदेश नम्बर दुईका प्रभावशाली नेताका रुपमा चिनिने झाले नेकपा (एस) परित्याग गरी एमाले रोज्नुभएको हो । उहाँलाई स्थायी कमिटी सदस्य प्रभु साह,केन्द्रिय सदस्य सन्जिभ कुमार झाको रोहवरमा एमाले अध्यक्ष ओलीले खादा लगाएर एमालेमा स्वागत गर्नुभएको हो ।

यस्तै माओवादी केन्द्रको महाधिवेशनमा सहभागी हुन काठमाडौं आउनुभएका बारा जिल्लाका इन्चार्ज कुमार मोक्तान ठुलो संख्यामा कार्यकर्तासहित एमाले प्रवेश गर्नुभएको छ ।

यस्तै पर्साको जगरनाथपुर गाउँपालिका अध्यक्ष जालिम मियाँसहित सत्तारुढ कांग्रेस, माओवादी र मधेसवादी दलका ५ हजार भन्दा बढी नेता–कार्यकर्ता एमाले पवेश गरेका छन । जगरनाथपुरमा पुस ८ गते आयोजित बिशाल सभामा एमाले अध्यक्ष ओलीले गाउँपालिकाका निर्वाचित अध्यक्ष मियाँसहित सो संख्याका नेता कार्यकर्तालाई पार्टीमा स्वागत गर्नुभएको थियो ।

यसैगरी कर्णाली प्रदेश सरकारका पूर्वभूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीका प्रमुख स्वकीय सचिव प्रेमबहादुर बुढा एमालेमा प्रवेश गर्नुभएको छ । नेकपा एकीकृत समाजवादी पार्टी कालिकोटका सचिवालय सदस्य समेत रहनुभएका बुढाले एकीकृत समाजवादी पार्टीमा लागेर भविश्य बर्वाद हुने भन्दै एमालेमै फर्किएको बताउनु भयो । बुढालाई नेपाल एमाले कर्णाली प्रदेश इन्चार्ज यमलाल कँडेलले एमाले स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...