एमाले प्रदेश २ कमिटी विस्तारमा विवाद



हाम्रो इकोनोमि

 

 

 

नेकपा एमाले प्रदेश २ मा कमिटी विस्तारलाई लिएर विवाद चर्किएको छ । एमाले सचिव एवं प्रदेश २ ईन्चार्ज रघुवीर महासेठले आफूखुशी सदस्य मनोनित गर्न थालेपछि विवाद चर्किएको हो । प्रदेश २ कमिटीका साथै सो प्रदेशका आठ जिल्ला कमिटीमा महासेठले मनोमानी रुपमा सदस्य मनोनित गर्न थालेपछि विवाद चर्किदै केन्द्रसम्म पुगेको एमाले स्रोतले जनाएको छ ।

प्रदेश २ को विवाद समाधानका लागि एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल लगायतका शिर्ष नेताले छलफल सुरु गरेका छन् । मंगलबार ललितपुरको च्यासल स्थित तुलसीलाल स्मृती प्रतिष्ठानमा एमाले शिर्ष नेताहरुको बैठक बसेर समाधान गर्न छलफल भईरहेको छ । बैठकमा अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष पोखरेल, उपाध्यक्ष पौडेल, महासचिव पोखरेल सहित सचिव महासेठ लगायतको सहभागिता छ ।

यस्तै प्रदेश २ का सहइन्चार्ज एवं स्थायी कमिटीका सदस्य प्रभु साह, सहइन्चार्ज एवं पोलिटव्यूरो सदस्यहरु पुरुसोत्तम पौडेल, ज्वाला साह, अच्यूत मैनाली, सुमन प्याकुरेल सहित सो प्रदेशका केन्द्रीय सदस्यहरु, प्रदेश २ का पदाधिकारी लगायतका नेताहरुको सहभागिता रहेको छ । असन्तुष्ट नेताहरुका अनुसार सचिव महासेठकले प्रदेश २ कमिटीमा मनोमानी तरिकाले सदस्य मनोनित गर्दै पाँच सय भन्दा बढी बनाइसकेका छन् । यस्तै प्रदेश २ का आठ वटा जिल्ला कमिटीहरुमा समेत मनोमानी तरिकाले सदस्य मनोनित गर्दै कमिटीलाई भद्धा बनाइसकेका छन् । महासेठले कागजमै ५० हजार भन्दा बढी सदस्य एमालेको संगठित सदस्यता वितरण समेत गरेको आरोप असन्तुष्ट नेताहरुको छ ।

‘प्रदेश २ कमिटीका साथै जिल्ला कमिटीहरुमा समेत मनोमानी रुपमा सदस्य मनोनित गर्दै महासेठ कमरेडले कमिटीहरुलाई विधान विपरित चलाउँन खोजेका छन्’ एक असन्तुष्ट नेताले भने, ‘उनी इन्चार्ज भएपछि प्रदेश २ मा पार्टीको अवस्था झनझन विग्रदै गएको छ । उनले यतिसम्म गर्न भ्याए की कागजमै ५० हजार भन्दा बढी संगठित सदस्य समेत बनाइसकेका छन् । पार्टीलाई विधान विपरित चलाउँन खोजे पछि विरोध गर्न बाध्य भएका छौं ।’

एमाले पोलिटव्यूरो सदस्य एवं प्रदेश २ का सहइन्चार्ज सुमन प्याकुरेलले प्रदेश २ मा ‘अलिअलि’ विवाद भएको स्वीकार गर्छन् । तर ती विवाद शिर्ष नेताहरुसंग छलफल गरेर समाधान गर्न खोजिएकाले यसलाई ठुलो रुपमा नलिन आग्रह गरेका छन् ।

‘ठुलो पार्टीमा अलिअलि विवाद त भइहाल्छ नि । यसलाई त्यति ठुलो रुपमा नलिनुहोला । प्रदेश कमिटी र जिल्ला कमिटीहरुमा विवाद रहेको साँचो हो । तर हामी छलफलमै छौं । शिर्ष नेताहरुसंग छलफल गरेर समाधान गर्छौ’ प्याकुरेलले भने । एमालेमा बिभिन्न पार्टीबाट आएका नेताहरुको सम्मानजनक जिम्मेवारी बाँडफाँड हुनुपर्ने उनले बताए । त्यसका लागि केही नेताले मनोमानी गर्न खोजेपनि पार्टी विधान विपरित कसैले पनि चल्न नपाउँने बताए ।

एमाले स्रोतका अनुसार सचिव महासेठले मनोमानी तरिकाले कमिटी विस्तार, सदस्य थप तथा संगठित सदस्यता बढाउँन थालेपछि उनी एक्लिदै गएका छन् । महासेठको विरोधमा प्रभु साह, पुरुषोत्तम पौडेल, ज्वावा साह, अच्यूत मैनाली सुमन प्याकुरेल लगायतका नेताहरु उभिएपछि पार्टी शिर्ष नेताले समेत असन्तुष्ट नेतालाई साथ दिदै च्यासलमा महासेठलाई ठिक ढंगले पार्टीको काम नगरे ईन्चार्जको जिम्मेवारीबाट हटाउँने चेतावनी समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस सिध्याउने खलनायक गगन थापा हुन : मोहन बस्नेत

     नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले विशेष महाधिवेशनबाट आएकाे नेतृत्वले पार्टीलाई इतिहासकै...

कांग्रेस इतर समूहको शक्ति प्रदर्शन विराटनगरमा

    नेपाली कांग्रेसको संस्थापन इतर पक्षको भेला विराटनगरमा सुरू भएको छ ।...

असारका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

  असार महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जेठको...

एमालेको ‘६ ज’ केन्द्रित मिसन जागरण अभियान

    नेकपा एमालेले केन्द्रीय सदस्यहरुलाई पार्टीको गुमेको साख फर्काउदै आगामी स्थानीय र...