६३ अंकले बढ्यो नेप्से



हाम्रो इकोनोमि

 

 

मंगलबार शेयर बजारमा उत्साह देखिएको छ । शेयर कारोबार मापक नेप्से परिसूचक ६३.०१ अंकले बढेर २ हजार ६ सय ७९ दशमलव ९५ अंकमा पुगेको छ । नेप्से परिसूचकमा उत्साह देखिए पनि कारोबार रकम भने सोमबारको भन्दा कम भयो ।

दिनभर ९१ लाख १० हजार ७ सय ५८ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम ४ अर्ब ३२ करोड २ लाख ६९ हजार ८ सय २७ रुपैयाँमा रोकियो । यस अघि सोमबार ४ अर्ब ५३ करोड रुपैयाँ माथिको शेयर कारोबार भएको थियो ।

मंगलबार धेरै शेयर मूल्इ बढ्नेमा श्रीफाइनान्स पहिलो नम्बरमा र सप्तकोशी डेभलपमेन्ट बैंक दोस्रो नम्बरमा देखिएका छन् । यी दुवै कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ । यसैगरी मध्य भोटेकोशी जलविद्युत आयोजना, नेपाल एसबीआई बैंक, सिन्धु विकास बैंक लगायतका शेयर मूल्य पनि ९ प्रतिशत भन्दा धेरैले बढेको छ ।

मंगलबार धेरै घट्नेहरुमा डिबेञ्चरहरु देखिएका छन् । कृषि विकास बैंकको डिबेञ्चर, नेपाल बैंकको डिबेञ्चर, आईसीएफसीको डिबेञ्चर करिब २ प्रतिशतले घटेका छन् । डिबेञ्चर बाहेक सबैभन्दा धेरै घट्ने पहिला नम्बरमा नबिल बैंक र दोस्रो नम्बरमा बोटलर्स नेपाल (तराई) देखिएको छ । नबिलको १८ रुपैयाँले घटेर शेयर मूल्य १ हजार १ सय १९ रुपैयाँमा झरेको छ भने बोटलर्सको २३५ रुपैयाँले घटेर १६ हजार १ सय ६३ रुपैयाँमा झरेको छ ।

धेरै शेयर कारोबार हुने पहिलो नम्बरमा भने नबिल बैंकसँगको मर्जरको तयारीमा रहेको नेपाल बंगलादेश बैंक देखिएको छ । यस बैंकको मंगलबार ३ लाख ६७ हजार २ सय ५८ कित्ता शेयर किनबेच भएका छन् ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...